Friday, May 17
Shadow

फेसबुक मेसेन्जरमा आयो ‘बम्प’ फिचर, कसरी प्रयोग गर्ने ?


  • -इ
  • इ+

काठमाडौं- दैनिक रूपमा प्रयोग भइरहने सामाजिक सञ्जालका एप तथा वेबसाइटमा परिवर्तन, अपडेट तथा अपग्रेड आइरहेका हुन्छन् । हामी प्रायः आफ्नै काममा व्यस्त भइरहने भएकाले कतिपय नयाँ फिचरबारे वास्ता हुँदैन ।

फेसबुकले मेसेन्जर एपका लागि हालै ‘बम्प’ फिचर सार्वजनिक गरेको छ । आज हामी यो कस्तो फिचर हो, कुन अवस्थामा काम लाग्छ भन्ने विषयमा जानकारी दिँदै छौँ ।

अब बुझौं ‘बम्प’ फिचर के हाे त ?

मेसेन्जरमा भएको ‘बम्प’ले च्याट रिप्लाईको काम गरेको हुन्छ । उदाहरणका लागि तपाईंलाई मेसेन्जरमा कोही व्यक्तिले छुट्टाछुट्टै प्रश्न सोधिरहेको छ । र, त्यसको एउटा एउटा जवाफ दिनु छ भने रिप्लाई फिचर प्रयोग गरिन्छ ।

अब सो मेसेज बम्प गर्दा म यसको रिप्लाई दिँदैछु भन्ने अर्थ लाग्छ । कतिपय अवस्थामा कुरा गर्दा गर्दै महत्त्वपूर्ण कुरा अर्को व्यक्तिले पढ्न छुटाएको हुनसक्छ ।

त्यस्तो अवस्थामा पनि बम्पको प्रयोग गरेर यो छुट्यो है भन्ने जनाउ दिन सकिन्छ । त्यस्तै कुनै व्यक्तिलाई पहिले भएको कुराकानी सम्झाउनु छ भने पनि बम्पको प्रयोग गर्न सक्नुहुन्छ ।

त्योभन्दा पनि महत्त्वपूर्ण कुरा, यदि कसैले तपाईंले पठाएको मेसेज पढ्न छुटाएको छ भने, मैँले यो मेसेज पठाएको छु भनेर नोटिफिकेसनका रूपमा पनि बम्पको प्रयोग गर्न सकिन्छ ।

मेसेन्जरमा यसरी बम्प गर्नुहोस् कुनै पनि च्याट

-सबैभन्दा पहिले आफ्नो फोनमा गई मेसेन्जर खोल्नुहोस् ।

-त्यसपछि बम्प गर्न चाहेको टेक्स्ट वा फोटोमा केहीबेर ट्याप गर्नुहोस् ।

-त्यसपछि तल दायाँपट्टि रहेको मोर (More) को अप्सनमा जानुहोस् ।

त्यहाँ गएपछि बम्प र रिमुभको अप्सन आउँछ । अब बम्पमा थिच्नुभयो भने सो मेसेज बम्प भएर पठाएको व्यक्तिको इन्बक्समा जान्छ ।
"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्