Thursday, May 2
Shadow

ट्वान्टी-२० विश्वकप : आज अस्ट्रेलिया र इङ्गल्यान्ड भिड्दै


  • -इ
  • इ+

काठमाडौँ- आइसिसी ट्वान्टी-२० विश्वकपमा आज (शुक्रबार) इङ्गल्यान्डले साविक विजेता अस्ट्रेलियासामु चुनौती प्रस्तुत गर्दै छ । सुपर-१२ समूह-१ का यी दुई टिमले प्रतियोगितामा आफ्नो तेस्रो खेल खेल्न लागेका हुन् । अस्ट्रेलियाको मेलबर्नस्थित मेलबर्न क्रिकेट रङ्गशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो ०१ः४५ बजेदेखि सुरु हुनेछ ।

समूहमा दुई खेलबाट दुई अङ्क जोडेको इङ्गल्यान्ड चौथो स्थानमा छ । समान खेलबाट दुई अङ्क जोडेको अस्ट्रेलिया पाँचौँ स्थानमा छ । दुईमध्ये एक खेलमा हार बेहोरेका कारण आज दुवै टिम सेमिफाइनल सम्भावनालाई कायम राख्न जित्नुपर्ने दबाबका साथ मैदान उत्रँदैछन् । वर्षाका कारण मेलबर्नमा आज हुने भनिएको अफगानिस्तान र आयरल्यान्डबीचको खेल टससमेत नभई रद्द भएपछि यी दुई टिमबीचको खेलमा पनि वर्षा बाधक बन्न सक्ने देखिएको छ । समूहबाट शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् ।

अस्ट्रेलिया र इङ्ल्यान्डबीच ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा हालसम्म २३ खेल भएका छन् । जसमा इङ्गल्यान्डले ११ खेल जित्दा अस्ट्रेलियाले १० खेल जितेको छ । दुई खेल भने विना नतिजा टुङ्गिएको छ ।

ट्वान्टी-२० विश्वकपमा यी दुई टिमबीच हालसम्म तीन खेल हुँदा इङ्गल्यान्डले दुई र अस्ट्रेलियाले एक खेल जितेका छन् ।

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्