Saturday, April 27
Shadow

ओस्कारको १४ विधामा प्रतिस्पर्धा गर्दै ‘आरआरआर’


  • -इ
  • इ+

एजेन्सी ।  हिन्दी सिनेमालाई ‘बाहुबली’ र ‘आरआरआर’ जस्ता ब्लकबस्टर फिल्म दिएका निर्माता एसएस राजामौलीले न्यूयोर्क फिल्म क्रिटिक्स सर्कल अवार्डमा ‘उत्कृष्ट निर्देशक’को अवार्ड पाएका छन्।

‘आरआरआर’का लागि अवार्ड पाएका उनीसँगै प्रतिस्पर्धामा हलिउडका हेवीवेट्स स्टीवन स्पिलबर्ग, ड्यारेन एरोनोफस्की, सारा पोली र जीना प्रिन्स ब्लाइथवुड नोमिनेसनमा थिए।

हलिउड फिल्म समीक्षकहरूको प्यानलले निर्णय गर्ने भएकाले न्युयोर्क फिल्म क्रिटिक्स सर्कल अवार्डलाई उत्कृष्ठ मानिन्छ। न्युयोर्क फिल्म क्रिटिक्स सर्कलका सदस्यहरूले सन् १९३५ देखि अखबार, पत्रिका र वेबसाइटहरूका लागि काम गरेका छन्।

जनवरीको सुरूमा हुने एक कार्यक्रममा अवार्ड र पुरस्कार वितरण गरिनेछ। ‘आरआरआर’ले वर्षको दोस्रो उत्कृष्ट फिल्मको रूपमा हलिउड क्रिटिक्स एसोसिएशन अवार्डसमेत जितेको थियाे।

विश्वभर तारिफ भइरहेको ‘आरआरआर’ ओस्कार अवार्डमा भारतबाट ‘बेस्ट इन्टरनेशनल फिचर फिल्म’ विधामा छनोट नभए पनि निर्माताले ओस्कार अवार्डका विभिन्न १४ विधामा प्रतिस्पर्धा गराउने भएका छन्।

यी विधाहरूमा स्क्रिनप्ले, सम्पादन, स्कोर, ध्वनिबाहेक उत्कृष्ट सहायक अभिनेता र उत्कृष्ट निर्देशक जस्ता श्रेणीहरू समावेश छन्। ९५औं ओस्कर पुरस्कार समारोह १२ मार्चमा लस एन्जलसमा आयोजना हुनेछ। सबै विधाका मनोनयन जनवरीमा घोषणा गरिनेछ।

गतवर्ष मार्च २५ तारिखमा रिलिज भएको फिल्मले सन् १९२० का दुई महान स्वतन्त्रता सेनानी अल्लुरी सीतारामराजू र कोमराम भीममा आधारित एक काल्पनिक कथा हो।

फिल्ममा रामचरण र जुनियर एनटीआर मुख्य भूमिकामा छन्। यीबाहेक आलिया भट्ट, अजय देवगन, ओलिभिया मोरिस , समुथिराकनी, एलिसन डुडी, रे स्टिभेन्सन लगायतका कलाकारको पनि फिल्ममा मुख्य भूमिका छ।

आरआरआरलाई समीक्षक र दर्शक सबैले मन पराएका थिए। राजामौलीका बुवा र दिग्गज पटकथा लेखक केवी विजयेन्द्र प्रसादले लेखेकाे आरआरआरको हिन्दी संस्करणले मात्रै २७४.३१ करोड भारतीय रूपैयाँ कमाएको थियो।

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्