Tuesday, April 30
Shadow

एभरेष्ट मेनले उक्त अवार्ड हात पार्न सफल


  • -इ
  • इ+

काठमाडाैं । कीर्तिमानी आरोही कामीरिता शेर्पाबारेको साहसलाई समेटिएको वित्त चित्रले उत्कृष्ट वित्त चित्रको अवार्ड पाएको छ।  काजकिस्तानमा सम्पन्न वस्ताव चलचित्र महोत्सवमा एभरेष्ट मेनले उक्त अवार्ड हात पार्न सफल भएकाे हाे ।

चलचित्र निर्देशक विनोद अधिकारीले अवार्ड दिएकोमा निर्णायक मण्डलप्रति कृतज्ञता व्यक्त गरेका छन्। ‘यो अवार्डप्रति निर्णायक मण्डलप्रति म कृतज्ञ छु। निर्माणमा सहयोग गर्ने कामी रिता शेर्पाप्रति विशेष आभार व्यक्त गर्दछु,’ अधिकारीले भनेका छन्।

यस वित्तचित्र पर्वतारोहणका सकस र जलवायु परिवर्तनका कारण हिमालमा देखापरेका असरबारे केन्द्रित छ। यस वित्तचित्रबाट हिमालको सौन्दर्य संरक्षणमा शेर्पा समुदायको भूमिका, शेर्पा समुदायबारे वृहत जानकारी र जलवायु परिवर्तनका असरबाट हिमाललाई बचाउन निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी पाइने निर्देशक अधिकारीले जनाए।

कोरोनाकालपछिको नेपाली पर्यटन उद्योग पुनरूत्थानमा वित्त चित्र सहयोगी बन्न सक्ने विश्वास निर्देशक अधिकारीको छ।

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्