Sunday, May 12
Shadow

इन्द्रजात्रालाई विश्वव्यापीकरण गर्ने मेयर बालेनको घोषणा


  • -इ
  • इ+

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले यो वर्षदेखि इन्द्र जात्रालाई विश्वव्यापीकरण गर्न लागेको जानकारी दिएका छन्।

इन्द्रजात्रा पर्व सञ्चालनका लागि जानकारी दिन बुधबार काठमाडौँ महानगरपालिकाले काठमाडौँमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मेयर शाहले इन्द्र जात्रा पर्यटकीय सम्भावनाको आकर्षक क्षेत्र रहेको र यसको गरिमालाई देशभरि नै अपनत्व गराउन तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न काठमाडौँ महानगरपालिकाले जाबा अवलोकनका लागि देशभित्र बाहिरबाट पाहुना बोलाएको जानकारी दिए।

महानगरपालिका र उपत्यकाको चिनारीसँग जोडिएको इन्द्र जात्राका औपचारिक कार्यक्रमहरू सुरु भइसकेका छन्।

यसको एउटा विम्ब इन्द्रजात्रा क्या पर्व हो। यसको सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक तथा सामाजिक पक्षको अन्तर घुलन अद्वितीय छ। धार्मिक सहअस्तित्व स्वीकार गरेर हिन्दु र बौद्ध धर्मावलम्बी एउटै पर्वलाई आफ्ना आफ्ना विधिबाट मनाउनु दिएको सन्देश गहिरो रहेको शाहले बताए।

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्