Thursday, May 2
Shadow

सातगाउँले अन्तर्गत कीर्तिपुरकाे इन्द्रायणी जात्रा सम्पन्न


  • -इ
  • इ+

काठमाडौं । तननी दाफा खलकाे आयोजनामा भएकाे कीर्तिपुरकाे इन्द्रायणी जात्रा मंसिर १७ गते शनिबार सम्पन्न भएको छ ।  कीर्तिपुरमा मंसिर शुक्ल चतुर्थीको दिन सुरु हुने सातगाउँले जात्राकाे नामबाट चर्चित रहेकाे भएता पनि नेपालभाषामा बखु मदः तथा न्ह्यगां जात्रा भन्ने चलन रहेकाे छ ।

यस जात्रामा इन्द्रायणी, ब्रह्मायणी, बालकुमारी, विष्णुदेवी लगायतका विभिन्न सहायक जात्राहरु पनि  गर्ने चलन रहेकाे छ ।जस मध्ये कीर्तिपुरको इन्द्रायणी पीठबाट सुरु हुने इन्द्रायणी जात्रा भने यसको मुख्य जात्रा मानिन्छ । कीर्तिपुरमा एकदिन अगाडि पहिले दलुचा जात्रा मानन्धर समुदायले छुट्टै ढंगले मनाउने चलन रहेको छ । सामान्यतया सात दिन मनाउने गरिएपनि अष्टमी, नवमी र दशमीको दिन मनाइने जात्रा विशेष मानिन्छ । अष्टमीका दिन कीर्तिपुरको ९ वडास्थित नंगामा ‘धाल्चा खाकेगु जात्रा’ मनाउने रहेको छ ।

नवमीका दिन पांगाको विष्णुदेवी मन्दिर क्षेत्रमा विष्णुजात्रा मनाइन्छ भने दशमीको दिन मध्यरातिमा देवढोकाबाट इन्द्रायणी देवीलाई भित्र प्रवेश गराएर विधिवत् रुपमा स्थापना गरेपछि यो जात्रा औपचारिक रुपमा सम्पन्न गरिन्छ ।

दशमीको दिन इन्द्रायणी पीठमा विशेष पूजाआजाका साथ सुरु हुने इन्द्रायणी देवीको खटयात्रा देवढोकाबाट सुरु भई समल, लायकु, इटाछें, तननी, सिंहदुबालहुँदै बाघभैरवमा आएर सम्पन्न हुने गर्छ । जहाँबाट सुरु गर्‍यो सोही ठाउँमा लगेर स्थापना गर्नुपर्ने संस्कार अनुसार मध्यरातिमा इन्द्रायणी पीठमा लगेर स्थापना गरेपछि मात्रै जात्रा सम्पन्न गरिन्छ ।

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्