Saturday, May 11
Shadow

झलनाथको ‘विद्रोह, पुनर्गठन र वैज्ञानिक समाजवाद’ पुस्तक विमोचित


  • -इ
  • इ+

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालद्वारा लिखित ‘विद्रोह, पुनर्गठन र वैज्ञानिक समाजवाद’ नामक पुस्तकको शुक्रबार राजधानीमा एक कार्यक्रमबीच विमोचन गरिएको छ । खनालद्वारा लिखित सो पुुस्तकको विभिन्न दैनिक पत्रिकाका सम्पादकले सामूहिक विमोचन गरेका छन् ।

पुस्तक विमोचन कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री तथा पुस्तकका लेखक खनालले नेतामा अध्ययन र चिन्तन विश्लेषण गर्ने क्षमता हुनुपर्ने आवश्यकता औंल्याए । उनले लेख्ने, पढ्ने र विश्लेषण गर्न नसक्ने व्यक्तिले राजनीतिक दल र मुलुकका लागि कुशल नेतृत्व प्रदान गर्न नसक्ने स्पष्ट पारे ।

नेता खनालले आफूहरूले एमालेबाट किन विद्रोह गरेर नयाँ पार्टी खोल्नुप¥यो भन्ने’ पुस्तकमा स्पष्ट चर्चा र व्याख्या गरिएको बताए । खनालले नेकपाको तत्कालीन सरकारको नेतृत्वमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक अवसर गुमाएको र उनकै कारण कम्युनिस्ट आन्दोलन कमजोर बनेको आरोप लगाए ।

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्