Friday, May 17
Shadow

अचम्मका कुरा

विद्यार्थीहरू जाँचमा फेल भएपछि शिक्षकलाई बाँधेर रुखमा सजाय दिएपछि…

विद्यार्थीहरू जाँचमा फेल भएपछि शिक्षकलाई बाँधेर रुखमा सजाय दिएपछि…

अचम्मका कुरा, शिक्षा, समाचार
एजेन्सी । भारतको झारखण्डस्थित दुम्का गाउँमा रहेको एक विद्यालयका विद्यार्थीहरूले शिक्षकहरूलाई रुखमा बाँधेर कुटपिट गरेका छन् । आफूहरूलाई कम नम्बर दिएर फेल गराएको आरोप लगाउँदै उनीहरूले कुटपिट गरेको बताइएको छ । घटनाको जानकारी पाएका शिक्षा अधिकारी सुरेन्द्र हेबरामले शिक्षकहरूसँग कुराकानी गरेका छन् । घटनास्थलमा पुग्दा विद्यार्थीहरूले प्राक्टिकलमा एकदमै कम अंक दिइएको अनि शिक्षकहरूबाट उचित प्रतिक्रिया नपाइएको बताए भनी हेबरामले जानकारी दिए । कुटाइ खानेमध्येका एक शिक्षक कुमार सुमनले बताए, ‘विद्यार्थीहरूले हामीलाई बैठक गर्ने बहानामा बोलाए । आफूहरूको रिजल्ट बिग्रिएको गुनासो उनीहरूले गरे । उनीहरूको प्राक्टिकलको अंक रिजल्टमा जोडिएको रहेनछ । त्यो काम प्रधानाध्यापकले गर्नुपर्ने हो । हाम्रो यसमा केही दोष छैन ।’...
तनहुँमा चितुवाले आक्रमणबाट सख्त घाइते बनाइकी छोरालाई आमाले यसरी बचाइन् !

तनहुँमा चितुवाले आक्रमणबाट सख्त घाइते बनाइकी छोरालाई आमाले यसरी बचाइन् !

अचम्मका कुरा, समाचार
तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाटारमा बुधबार साँझ सुवास परियारका तीन वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरी सख्त घाइते बनाएको छ ।  साँझ करिब ५ बजेको समयमा सोही ठाउँका हेमबहादुर रानाको खसीलाई चितुवाले आक्रमण गरेर घाइते बनाएपछि बालक परियारलाई समेत चितुवाले आक्रमण गरेको थियो । रानाले होहल्ला गरेपछि भागेको चितुवाले पुनः गाउँमा पसेर परियारलाई आक्रमण गरेको थियो । साँझ करिब ६ बजेको समयमा घरको पिँढीमा खेलीरहेका उनलाई चितुवाले तानेर लगेको जानकारी पाएको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले बताए ।  परियारलाई लैजान थालेपछि उनकी आमा लक्ष्मी पनि चितुवाको पछिपछि कुदेकी थिइन् । करिब ५० मिटर टाढा पुगेर छोरालाई खोसेर ल्याउन सफल भएकी स्थानीय प्रत्यक्षदर्शी वासु पन्थले जानकारी दिए । घाइते परियारको बन्दीपुर गाउँपालिका-४ डुम्रेस्थित मोती हेल्थ क्लिनिकमा प्राथमिक उपचार गरिएको थि...
३५० वर्षअघि आन्ध्र महासागरमा डुबेको स्पेनी जहाजको भग्नावाशेषमा भेटियो असाधारण खजाना

३५० वर्षअघि आन्ध्र महासागरमा डुबेको स्पेनी जहाजको भग्नावाशेषमा भेटियो असाधारण खजाना

अचम्मका कुरा, समाचार
सन् १६५६ को ज्यानुअरी ४ मा मध्यरात पर्न लाग्दा स्पेनी पानीजहाज ‘नुएस्त्रा सेन्योरा दे लास माराभियास’ (स्पेनी भाषामा हाम्री चमत्कारी महिला) को छतमा शान्ति थियो। त्यतिबेला समुद्रको आवाज र जहाजका पालमा हावाले हानिरहेको आवाज मात्र सुन्न सकिन्थ्यो। अहिलेको एक्वडोरनजिकै समुद्रमा चट्टान भएको क्षेत्रमा डुबेको अर्को विशालकाय जहाज ‘जीजस मारिया दे ला लिम्पिया कोन्सेप्शन’को भग्नावशेषबाट सङ्कलित चाँदी लिएर माराभियास स्पेनितर जाँदै थियो। तर केही क्षणमा अकस्मात् त्यहाँ ठूलो परिवर्तन आयो। जहाजहरूको उही समूहमा यात्रा गरिरहेको ‘नुएस्त्रा सेन्योरा दे ला कोन्सेप्शियोन’ नामक अर्को पानीजहाज माराभियाससँग ठोकिन पुग्यो। त्यसो हुँदा माराभियास चट्टानतिर धकेलियो। आधा घण्टाभित्र उक्त जहाज आन्ध्र महासागरको पीँधमै पुग्यो। उक्त जहाजमा भएका ६५० जनामध्ये केवल ४५ जनाको ज्यान जोगियो। नयाँ खोजी उक्त स्...
फेसबुक मेसेन्जरमा आयो ‘बम्प’ फिचर, कसरी प्रयोग गर्ने ?

फेसबुक मेसेन्जरमा आयो ‘बम्प’ फिचर, कसरी प्रयोग गर्ने ?

अचम्मका कुरा, टिप्स, सुचना प्रविधि
काठमाडौं- दैनिक रूपमा प्रयोग भइरहने सामाजिक सञ्जालका एप तथा वेबसाइटमा परिवर्तन, अपडेट तथा अपग्रेड आइरहेका हुन्छन् । हामी प्रायः आफ्नै काममा व्यस्त भइरहने भएकाले कतिपय नयाँ फिचरबारे वास्ता हुँदैन । फेसबुकले मेसेन्जर एपका लागि हालै ‘बम्प’ फिचर सार्वजनिक गरेको छ । आज हामी यो कस्तो फिचर हो, कुन अवस्थामा काम लाग्छ भन्ने विषयमा जानकारी दिँदै छौँ । अब बुझौं ‘बम्प’ फिचर के हाे त ? मेसेन्जरमा भएको ‘बम्प’ले च्याट रिप्लाईको काम गरेको हुन्छ । उदाहरणका लागि तपाईंलाई मेसेन्जरमा कोही व्यक्तिले छुट्टाछुट्टै प्रश्न सोधिरहेको छ । र, त्यसको एउटा एउटा जवाफ दिनु छ भने रिप्लाई फिचर प्रयोग गरिन्छ । अब सो मेसेज बम्प गर्दा म यसको रिप्लाई दिँदैछु भन्ने अर्थ लाग्छ । कतिपय अवस्थामा कुरा गर्दा गर्दै महत्त्वपूर्ण कुरा अर्को व्यक्तिले पढ्न छुटाएको हुनसक्छ । त्यस्तो अवस्थामा पनि बम्पको प्रयोग गरेर यो छुट्यो है भन्ने...
किन रातभर मोबाइल चार्ज गर्नुहुँदैन ?

किन रातभर मोबाइल चार्ज गर्नुहुँदैन ?

अचम्मका कुरा, टिप्स, सुचना प्रविधि
काठमाडौं- सामान्यतया धेरैजसो प्रयोगकर्तामा दिनभर मोबाइल चार्ज नगरी चलाउने, अनि राती सुत्ने बेलामा चार्ज गर्ने बानी हुन्छ । राति पनि चार्ज भइसकेपछि झिक्नेभन्दा रातभर फोनलाई चार्जमा नै छोड्ने पनि धेरैको बानी हुन्छ । अर्कोतिर राति अबेरसम्म मोबाइल प्रयोग गर्ने अनि सुत्ने बेलामा चार्जमा राखेर भोलि बिहानमात्र चार्जबाट झिक्ने पनि केहीको बानी हुनसक्छ । यसोगर्दा तत्काल मोबाइलमा कुनै असर नदेखिए पनि लामो समयका लागि हेर्दा रातभर अथवा आवश्यकता भन्दा बढी फोन चार्जमा राख्नु जोखिमपूर्ण हुनसक्छ ।...
यस्तो छ जनैपूर्णिमाको महत्व

यस्तो छ जनैपूर्णिमाको महत्व

अचम्मका कुरा, जिवनसैली, टिप्स, ब्यानर समाचार, समाज, साहित्य/कला
काठमाडौं- यस वर्ष साउन २७ गते शुक्रबार जनैपूर्णिमा तथा गाईजात्रा पर्व एकसाथ मनाइदै छ । शास्त्रीय नियमअनुसार श्रावण महिना र श्रवण नक्षत्रले युक्त पूर्णिमामा तिथिमा जनैपूर्णिमा पर्व मनाउने शास्त्रीय वचन रहेको रहेको छ । वर्षाऋतुसँग सम्बद्ध पूर्णिमाका दिन ऋषिको आराधना गरिने तथा तर्पण, मार्जन हुनाले यो पर्वलाई ऋषितर्पणीका नामबाट पनि बुझ्ने गरिएको छ । तिथिमा पूर्णता प्रदान गर्ने भएकाले हरेक पूर्णिमाको छुट्टाछुट्टै महत्व रहँदै आएको छ । सूर्य तथा चन्द्रमा समसप्तक हुने विशेष अवस्था नै पूर्णिमा हो। पूर्णिमा तिथिको समागमनमा विशेषगरी जल र वातावरणमा विशेष उर्जा हुने हुँदा यसले प्रतक्ष रुपमा सम्पूर्ण चराचर जगतमा छुट्टाछुट्टै प्रभाव पार्ने गर्दछ । चन्द्रमाको प्रभाव मन र मस्तिष्कमा अत्यधिक पर्ने हुदा धेरै मानिसको जीवनमा औंसी र पूर्णिमाको प्रभाव फरक फरक तरिकाबाट परिरहेको हुन्छ ।  चन्द्रमाले यस तिथिक...
डेंगुबाट कसरी जोगिने ?

डेंगुबाट कसरी जोगिने ?

अचम्मका कुरा, जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौ- डेंगु एडीस जातको इजिपटाई तथा एल्बोपिक्ट्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्दछ। ज्वरो आउनु, टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा स–साना थोप्ला जस्तो बिबिरा देखिनु र मांसपेशी तथा जोर्शी दुख्नु यसका लक्षणहरु हुन्। निरन्तर बान्ता हुनु, पेट असाध्यै दुख्नु, रक्तस्राव हुनु, आलश्य वा व्यग्रता हुनु, पेटमा पानी जम्नु, कलोजोको आकार बढ्नु खतराका संकेतहरु हुन्। डेंगुबाट कसरी जोगिने? – लामखुट्टेको टोकाइबाट बच्न पुरा शरीर ढाक्ने कपडा लगाउने – शरीरका खुल्ला भागमा लामखुट्टेको टोकाइबाट बच्ने मल्हम लगाउने – घरभित्र लामखुट्टे छिर्न नदिन घरको झ्याल ढोकामा जाली लगाउने – बिहान, बेलुका वा राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने – घर वरपर प्लास्टिक, सीसा, खपटा, सिडी, चिया खाएर फालिएका कप, नरिवलका बोक्रा आदि भए सफा गर्ने र पानी जम्न नदिने – खाल्डा खुल्डी पुर्ने, खानेपानी वा ढल...