Friday, May 17
Shadow

शिक्षा

आमाको भनाई

आमाको भनाई

शिक्षा
-भगवता गौतम मिलेर बस भन्छिन् आमा मेरी किन यो झगडा सन्तान बिचमा फेरी एकले अर्कालाई सधैं माया गर मित्रता राखि तिमी अघी बढ़। साझा हो काख छोराछोरी बस गङ्‌गटा जस्तै बनेर नबस बारम्बार यहि भन्छिन आमा मेरी किन यो झगडा सन्तान बिचमा फेरी ।।। कमाइमा आफ्नो रमाएर बाँच नगर बेर्थे तिमी लोभ पाप नयाँ कुराको आबिष्कार गर पराईको भरमा कहिल्यै नपर मेहनती बन भन्छिन् आमा फेरी यो झगडा सन्तान बिचमा फेरी ।।। कति छ कति छाती भित्र पिर बुझ्ने छौ आफै नियालेर हेर गाहो भो धेरै अब शन्ति देऊ यो माटो लाई नयाँ क्रान्ति देऊ रोयर यस्तो भन्छिन आमा मेरी किन यो झगडा सन्तान बिचमा फेरी ।।। हरियालीले चारै तिर भर तिमीले चाहे नहुने के छर । आउनेछ खुसि तिमीले हेर्न चाहे फेरिन्छ यो युग तिमीले फेर्न चाहे उत्साहि पार्दै भन्छिन् प्यारी आमा मेरी किन यो झगडा सन्तान बिचमा फेरी ।।। ...
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका सहायक डिन र अंग्रेजी विषयका विज्ञविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका सहायक डिन र अंग्रेजी विषयका विज्ञविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

शिक्षा, समाचार
काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका सहायक डिन एवम् परीक्षा समितिका संयोजक कमलेश डिसी र अंग्रेजी विषयका विज्ञ विनयकुमार दासविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार उनीहरुविरुद्ध प्रश्नपत्रको गोपनीयता भङ्ग एवं परीक्षाको परिणाम फेरबदल गरेको अभियोगमा विशेष अदातलमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले आंशिक तथा करार उपप्राध्यापक पदमा विज्ञापन गर्दा सबै विषयका लागि न्यूनतम योग्यता एउटै विषय मात्र राखिएको, विज्ञको छनौट तथा लिखित र मौखिक परीक्षामा मिलेमतो गरी छनौट प्रक्रिया सम्पन्न गरिएको र लिखित परीक्षाको कपीमा अंक थपघट गरिएको उनीहरुमाथि आरोप लगाएको छ । साथै उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुरमा ऐ. ऐनको दफा १३ बमोजिम सजाय गर्न अख्तियारले मागदावी गरेको छ ।...
त्रिविले नतिजा सार्वजनिक गर्न ढिलाई गरेको भन्दै प्रदर्शन

त्रिविले नतिजा सार्वजनिक गर्न ढिलाई गरेको भन्दै प्रदर्शन

ब्यानर समाचार 2, शिक्षा
काठमाडौं । धादिङ सदरमुकाम धादिङवेशीस्थित नीलकण्ठ बहुमुखी क्याम्पसका विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यलयले स्नातक प्रथम वर्षको नतिजा सार्वजनिक गर्न ढिलाई गरेको भन्दै प्रदर्शन गरेका छन् ।  विद्यार्थीहरुले आइतबार ‘शिक्षामा राजनीति गर्न पाइदैन यस्तो विश्वविद्यालय चाहिँदैन, संख्यामा विश्वकै पहिलो गुणस्तरमा विश्वकै अन्तिम, खै रिजल्ट मुसाले खायो खै मुसा टियूभित्र पस्यो’ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । त्रिवि परीक्षा नियन्त्रण कार्यलयले बीबीएस प्रथम वर्षको परीक्षा गत वर्षको साउन महिनामा सञ्चालन गरेको थियो । लामो समयसम्म नतिजा नदिँदा विद्यार्थीहरुलाई स्वभाविक रुपमा मानसिक दबाब बढ्ने सहायक क्याम्पस प्रमुख देवीप्रसाद अधिकारीले जनाए ।  उनी भन्छन् ‘पहिलो वर्षका विद्यार्थीहरु तेस्रो वर्षमा पुगे ढिला नतिजा आउँदा परीक्षा विग्रेकाहरु पहिलोको पढ्ने कि दोस्रोको ...
दिल्लीमा भाेलि प्राथमिक तहका विद्यालय बन्द

दिल्लीमा भाेलि प्राथमिक तहका विद्यालय बन्द

विश्व, शिक्षा, समाचार
एजेन्सी । हावामा प्रदूषण बढेपछि भारतको केन्द्रीय राजधानी दिल्लीमा भाेलि शनिवार प्राथमिक तहका विद्यालय बन्द गरिएको छ । हावाको प्रदूषण मानव स्वास्थ्यका लागि खतरनाक अवस्थामा पुगेपछि भोलि शनिवार कक्षा पाँचसम्मका विद्यालय बन्द गरिएको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै कक्षा पाँचभन्दा माथिको कक्षाका लागि बाहिरी क्रियाकलापमा प्रतिबन्ध लगाइएको छ । मुख्यमन्त्री केजरीवालले पत्रकार सम्मेलन गरेर भोलि प्राथमिक तहका विद्यालय बन्द गर्ने र गाडीमा जोर–बिजोर प्रणाली लागू गर्नेबारे तयारी गरिरहेको बताउनुभयो ।   अहिले दिल्लीको वायु प्रदूषण निकै खराब अबस्थामा पुगेको छ । दिल्लीसँगै पञ्जाब, हरियाणा, यूपी लगायत उत्तर भारतको हावाको स्थिति खराब रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।...
लामो बिदाः विद्यार्थीले पढेका अधिकांश कुरा बिर्सिए

लामो बिदाः विद्यार्थीले पढेका अधिकांश कुरा बिर्सिए

शिक्षा, समाचार
टीकापुर । टीकापुरकी नौ वर्षीया सम्झना विक कक्षा ४ मा पढ्नुहुन्छ । उहाँ दसैँ तिहारमा एक महिनाको बिदापछि विद्यालय जाँदा पहिले पढेका धेरै कुरा बिर्सिसक्नुभएको छ । लामो बिदामा पहाड उक्लिएकी विक एक महिनापछि विद्यालय जाँदा धेरै कुरा बिर्सिसकेको अवस्था छ । “पढाइमा छोरी राम्रै थिइन, फरर उच्चारण गरेर पढ्ने, लेखाइ पनि राम्रो थियो, एक महिना बिदामा गाउँ गयौँ”, सम्झनाकी आमा रत्ना विकले भन्नुभयो, “अहिले त छोरी धेरै कुरा बिर्सिसकेकी छिन्, उनलाई आफ्नै कोर्ष नयाँ लाग्न थालेको छ ।” उहाँले शिक्षकको सल्लाहमा छोरीले बिर्सेका कुरा अध्ययनका लागि अतिरिक्त कक्षा सुरु गरेको बताउनुभयो । लामो समय बालबालिका बिदामा बस्दा पहिले पढाइ भएका अधिकांश कुरा बिर्सने गरेको शिक्षक बताउँछन् । दसैँ तिहारको एक महिना बिदापश्चात् यही कात्तिक १४ गतेदेखि विद्यालय पुनःसञ्चालन भएका छन् । विद्यालय आउँदा बालबालिकाले धेरै कुराहरु बिर्स...
एसइईमा ‘ए’ प्लस ल्याउने विद्यार्थीलाई मासिक भत्ता

एसइईमा ‘ए’ प्लस ल्याउने विद्यार्थीलाई मासिक भत्ता

आर्थिक, ब्यानर समाचार, शिक्षा
पर्वत- पर्वतको कुश्मा नगरपालिकाले सामुदायिक विद्यालयबाट एसइईमा ‘ए’ प्लस अङ्क ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई मासिक भत्ता दिने भएको छ । नगर सभाबाट पारित भएको उक्त कार्यक्रम नगरको चालु वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन भएसँगै लागू भएको हो । कुश्मा नगरपालिकाले विद्यार्थीहरुको पढाइ प्रतिको लगाव बढाउन तथा सामुदायिक विद्यालयमा पढ्न उत्प्रेरित र प्रोत्साहन गर्ने उद्देश्यले मासिक भत्ताको व्यवस्था गरेको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिए । मासिक रुपमा विद्यार्थीहरुलाई रु दुई हजार भत्ता दिन सुरु गरिएको जोशीले बताए । यसले विद्यार्थीलाई पढाइमा ऊर्जा मिल्नुका साथै विपन्न बालबालिकालाई थोरै भए पनि आर्थिक समस्यासमेत टर्ने विश्वास रहेको उनले बताए । यस्तो भत्ता एसइई पास भएर कक्षा १२ को पढाइ नसकिने बेलासम्म दिइने नगरपालिकाले जनाएको छ । एसइईमा ‘ए’ प्लस ल्याएर कक्षा ११ मा फेल भएम...
मेडिकल कलेजहरुले चर्को शुल्क माग गरेपछि विद्यार्थीहरु विरोधमा उत्रिए

मेडिकल कलेजहरुले चर्को शुल्क माग गरेपछि विद्यार्थीहरु विरोधमा उत्रिए

ब्यानर समाचार, शिक्षा
काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत सम्बन्धन प्राप्त मेडिकल कलेजहरुले स्नातकोत्तर तहका अन्तिम वर्षका विद्यार्थीसँग परीक्षा शुल्कका नाममा चर्को शुल्क माग गरेपछि विद्यार्थीहरु विरोधमा उत्रेका छन्। स्नातकोत्तर तह (एमडी/एमएस)का अन्तिम वर्षको पुरक परीक्षा दिने विद्यार्थीसँग कलेजहरुले परीक्षा शुल्कका नाममा एक लाख १५ हजार रुपैयाँसम्म शुल्क माग गरेपछि विद्यार्थीहरु न्यायको माग गर्दै आइओएम र चिकित्सा शिक्षा आयोगमा पुगेका हुन्। सन् २०१९ ब्याचका विद्यार्थीहरुले संयुक्त रुपमा शुल्कको विरोध गर्दै दुवै निकायमा ज्ञापन पत्र बुझाएका हुन्। आइओएमले गत वर्ष परीक्षा शुल्क भनेर तीन हजार तोकेको छ। त्यसयता आइओएमले नयाँ शुल्क तोकेको छैन। तर कलेजहरुले भने परीक्षा शुल्कका नाममा १ लाख १५ हजार मागेपछि विद्यार्थीहरुले विरोध गरेका हुन्। 'आइओएम डीनको कार्यालयले २०७८ कात्तिक...
मेडिकल काउन्सिलको मंसिर ९ र १० गते हुने विशेष परीक्षा

मेडिकल काउन्सिलको मंसिर ९ र १० गते हुने विशेष परीक्षा

शिक्षा, समाचार, स्वास्थ्य
काठमाडौं ।   नेपाल मेडिकल काउन्सिलको मंसिर ९ र १० गते हुने विशेष परीक्षामा सहभागी हुने विद्यार्थीका लागि आजदेखि अनलाइन आवेदन खुलेको छ। आवेदन कार्तिक २१ गतेसम्म दिन सकिनेछ। कार्तिक २२ र २३ गते बिलम्ब शुल्कसहित फाराम बुझाउन सकिने र अनलाइन आवेदन फाराम भर्ने र बुझाउने व्यवस्था चौबिसै घण्टा खुल्ला हुने काउन्सिलले जनाएको छ।  विशेष परीक्षा इन्जिनियरिङ्ग अध्ययन संस्थान पुल्चोकमा कम्प्युटर प्रविधिबाट हुनेछ।...
चिकित्सकको परीक्षामा १ हजार १७६ जना असफल

चिकित्सकको परीक्षामा १ हजार १७६ जना असफल

शिक्षा, समाचार
काठमाडौं । ६४ औं चिकित्सक दर्ता  लाइसेन्स परीक्षामा ५७ दशमलव ६८ प्रतिशत अर्थात १ हजार १७६ जना अनुत्तीर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिलले शनिबार सार्वजनिक गरेको नतिजा अनुसार ४२।३२ प्रतिशत मात्र उत्तीर्ण भएका हुन् । बिहीबार, शुक्रबार र शनिबार लाइसेन्सको परीक्षा भएको थियो । काउन्सिलका रजिष्ट्रार डा। कृष्ण अधिकारीका अनुसार परीक्षामा २ हजार ६० जना सहभागी भएका थिए । जसमध्ये ८ सय ६३ जना उत्तीर्ण भए भने २१ जना अनुपस्थित रहे । उनका अनुसार डेन्टल ९बीडीएस० तर्फ ६५ प्रतिशत अनुत्तीर्ण भएका छन् । बीडप्एस तर्फ ३५५ जनाले आवेदन दिएकोमा २ जना अनुपस्थित भएका थिए । परीक्षामा सहभागी ३५३ जनामध्ये २३० जना अनुत्तीर्ण भएका हुन् । यस्तै, एमबीबीएस तर्फ ५६ दशमलव ११ प्रतिशत अनुत्तीर्ण भएका छन् । परीक्षामा १ हजार ७०५ जनाले आवेदन दिएका थिए । १ हजार ६८६ जनाले परीक्षा दिएकोमा ७४० जना उत्तीर्ण र ९४६ जना अनुत...
विद्यार्थीको आकर्षण केन्द्र बन्दै आदिकवि भानुभक्त क्याम्पस

विद्यार्थीको आकर्षण केन्द्र बन्दै आदिकवि भानुभक्त क्याम्पस

शिक्षा, समाचार
  धनकुटा । सडक सञ्जालले छोएको ४३ वर्ष बितिसक्दा पनि धनकुटा जिल्लाको सदरमुकामबाट सुदूरपूर्वमा रहेको छ नं बुधबारे बजार ग्रामीण सहरको स्तरबाट उठ्न सकेको छैन । त्यही सहरको ४४ किमी पूर्वमा रहेको भेडेटार बजारलाई सडक सञ्जालले छोएको ४६ वर्षमा पूर्वको प्रमुख पर्यटकीय गन्तव्य र महँगो पर्यटकीय नगरी पनि बन्यो । तर, तीन वर्षपछि सडक सञ्जालले छोएको धनकुटा, पाँचथर र मोरङको सङ्गममा रहेको बुधबारे बजारको अवस्था चार दशक बितिसक्दा पनि उस्तै छ । जिल्लाको सदरमुकामबाट ८० किमी दक्षिण–पूर्व र भेडेटारबाट ४४ किमी पूर्वमा रहेको यो बजार साबिक ६ नं बुधबार गाविस हाल चौबिसे गाविसको वडा नं १ मा पर्दछ । हाल एक सय ५० घरधुरी रहेको उक्त बजार आधा धनकुटा र आधा पाँचथरमा रहेको छ । यो बजार इलाम, पाँचथर, धनकुटा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानबाट सुनसरी, मोरङ र झापा जिल्ला जाने सङ्गमस्थल पनि हो । यो बजार पूर्व–पश्...