Friday, May 17
Shadow

मनोरञ्जन

टिभी अभिनेत्री वैशाली ठक्करले सुसाइड नोट लेखेर गरिन् आत्महत्या

टिभी अभिनेत्री वैशाली ठक्करले सुसाइड नोट लेखेर गरिन् आत्महत्या

मनोरञ्जन, समाचार
एजेन्सी । भारतीय टिभी अभिनेत्री वैशाली ठक्करले सुसाइड नोट लेखेर आत्महत्या गरेकी छिन् । सुसाइड नोटमा उनले आफू मर्नुपर्ने कारण उल्लेख गरेकी छिन् । नोटमा वैशालीले राहुल नवलानी र उनकी श्रीमती दिशा नवलानीले आफूलाई मानसिक यातना दिएको आरोप लगाएकी छन् । सुसाइड नोटकै आधारमा प्रहरीले दम्पतीविरुद्ध धारा ३०६ (आत्महत्याका लागि उक्साउने) मुद्दा दर्ता गरेको छ । प्रहरीले आरोपी राहुललाई आइतबार नै हिरासतमा लिएको छ । स्रोतका अनुसार प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको हो । प्रहरीले सुसाइड नोट प्राप्त गर्दा राहुल घरमै थिए । अहिले प्रहरीले उनीसँग सोधपुछ गरिरहेको छ । वैशाली अभिनित ‘ये रिश्ता क्या कहलाता है’को सम्झना धेरैलाई छ । ’ससुराल सिमर का’ शोबाट अञ्जली भारद्वाज, जसले नकारात्मक भूमिकामा उत्कृष्ट अभिनेत्रीको लागि गोल्डेन पेटल अवार्ड पनि पाएकी थिइनु । दर्शकले वैशालीलाई सुपर सिस्टर मनमोहिनी सिजन २ मा पन...
चलचित्र ‘प्रेमगीत ३’ले ३७ करोड बढी रुपैयाँ कमाउन सफल

चलचित्र ‘प्रेमगीत ३’ले ३७ करोड बढी रुपैयाँ कमाउन सफल

मनोरञ्जन, समाचार
काठमाडाैं । नेपाली चलचित्र ‘प्रेमगीत ३’ले ३७ करोड बढी रुपैयाँ कमाउन सफल भएकाे छ । असोज ७ गतेदेखि नेपाल, भारतसहित ‘वर्ल्डवाइड’ रूपमा एकसाथ प्रदर्शनमा आएको चलचित्रले तीन सातामा ३७ करोड २६ लाख (नेपाली रुपैयाँ)कलेक्सन गरेको निर्माता एवं निर्देशक सन्तोष सेनले लोकान्तरलाई जानकारी दिए । सेनका अनुसार चलचित्रले नेपालमा मात्रै तीन सातामा १३ करोड २६ लाख रुपैयाँ कलेक्सन गरेको छ । चलचित्र गत शुक्रवारदेखि नेपाल, भारतलगायतका देशमा चौँथो सातामा प्रदर्शनरत छ । चौँथो सातामा पनि चलचित्रले दर्शकको राम्रो साथ पाइरहेको निर्माण टिमको दाबी छ । सन्तोष सेन र स्वर्गीय छेतेन गुरुङको संयुक्त निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का र क्रिस्टिना गुरुङ मुख्य भूमिकामा छन् । साथमा शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्...
आमिर खानलाई ‘धार्मिक भावनामा आघात पुग्ने’ किसिमका विज्ञापन नखेल्न अनुरोध

आमिर खानलाई ‘धार्मिक भावनामा आघात पुग्ने’ किसिमका विज्ञापन नखेल्न अनुरोध

मनोरञ्जन, समाचार
काठमाडौं । भारतका एक प्रान्तीय मन्त्रीले बलिवुड नायक आमिर खानलाई ‘धार्मिक भावनामा आघात पुग्ने’ किसिमका विज्ञापन नखेल्न अनुरोध गरेका छन्। विज्ञापनमा खानको भूमिकामाथि हिन्दू दक्षिणपन्थीहरूले आक्रोश व्यक्त गरिरहेका बेला मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्राको यो भनाइ आएको हो। एउटा ब्याङ्कका लागि गरिएको विज्ञापनमा खान र नायिका कियारा अडवानी एक नव विवाहित जोडीका रूपमा एक हिन्दू संस्कार अनुरूपको समारोहमा सहभागी भएका छन्। तर आलोचकहरूले उक्त विज्ञापनले हिन्दू परम्परा र संस्कृतिमाथि आक्रमण गरेको आरोप लगाएका छन्। वित्तीय कम्पनीको लागि गरिएको उक्त विज्ञापनमा खानले उनकी श्रीमती बनेकी नायिकाको घरमा बिहेपछि गृह प्रवेश गर्दा गर्नुपर्ने संस्कार देखाइएको छ। जुन परम्परागत रूपमा श्रीमतीले श्रीमानको घरमा पहिलो पाइला टेक्दा गर्ने गरिन्छ। केहीले भने विज्ञापनले जेन्डर वा लैङ्गिक विषयलाई ‘असाध्यै राम्र...
नेपाली कथानक वेब सिरिज “प्रेमरस” को फर्स्ट लूक्स सार्वजनिक

नेपाली कथानक वेब सिरिज “प्रेमरस” को फर्स्ट लूक्स सार्वजनिक

मनोरञ्जन, समाचार
काठमाडाैं । नेपाली कथानक वेब सिरिज "प्रेमरस" को फर्स्ट लूक्स सार्वजनिक । । काठमाडौ बिश्वभरीनै छरिएर रहेको नेपाली दर्शकको लागि दि लाइफ एक्सप्रेस मुभी मेकर्सको प्रस्तुतिमा ईन्टरनेट मार्फत नेपाली कथानक वेब सिरिज "प्रेमरस" तयार भएको छ । नेपालीहरुको महान चाड बडा-दशै ,अस्तमीको शुभ-अवसर पारेर सोमबार बिहान एक विशेष कार्यक्रम बिच प्रेमरसको फर्स्ट लूक्स सार्बजनिक गरिएको छ।एक पोस्टरमा प्रेम वश्याल र अम्बिका अधिकारीको रोमान्टिक अदा छ भने अर्को पोस्टरमा सुमन थापा,दिनेश शाही ,उमेश मायालु,जोन क्षत्री,युवराज प्रसाईं ,समिक्षा खत्री,पुर्णिमा थामी,सोनु परियार,सोनी कडेल,अनिल के.सी.,राजु चौहान,लाल बहादुर लामा तथा रोशन कुमारलाई देख्न सकिन्छ । छिटैनै आम दर्शकको लागि युटुब मार्फत रिलिज गरेने "प्रेमरस" बिशेष युवाबर्ग लाई लक्ष्यित गरेर तयार पारिएको "प्रेमरस" मा कलेज पढ्ने ,होस्टेल बस्ने,शहरी बाताबरणमा अध्ययनर...
म्यू्जिक भिडियाे ‘केशरी’ सार्वजनिक

म्यू्जिक भिडियाे ‘केशरी’ सार्वजनिक

मनोरञ्जन, समाचार
  काठमाडौँ ।  ब्लेक ब्रोज इन्टरटेनमेन्टको प्रस्तुतिमा गीत "केशरी केशरी" सार्वजनिक भएको छ। गीतमा लोकप्रिय गायक बिष्णु भट्ट र नेपाल आइडल दोश्रो संस्करणको फाइनलिस्ट अस्मिता अधिकारीको आवाज छ | गितमा शब्द अष्ट्रेलिया बस्दै आएका विश्व गौडेलको र संगित बिष्णु भट्टकै रहेको छ | ब्लेक ब्रोज इन्टरमेन्टबाट सार्वजनिक भएको गीतको भिडियोमा प्रकाश सपूत र सृष्टी खड्काको अभिनय रहेको छ | ठट्यौली प्रेमिल यस गीतको भिडियोलाई ऋषि राज आचार्यले निर्देशन तथा महेश्वर आचार्य,रितु आचार्य र राजेन्द्र खातीले सह- निर्देशन गरेका छ्न | गीतको भिडियोले अहिलेको वास्तविक समयलाई चित्रण गरेको छ | भिडियोमा मोहन कुमारको छयांकन, अनिलकुमार मानन्धरको सम्पादन तथा सियोन श्रेष्ठको कोरियोग्राफी रहेको छ | यस गीतलाई  मिक्सिङ / मास्टरिङ र एरेन्ज श्यामश्वेत रसाइलीले गरेका हुन भने पृज्मा स्टुडियोमा रेकर्ड भएको हो। (767) Keshari K...
झलनाथको ‘विद्रोह, पुनर्गठन र वैज्ञानिक समाजवाद’ पुस्तक विमोचित

झलनाथको ‘विद्रोह, पुनर्गठन र वैज्ञानिक समाजवाद’ पुस्तक विमोचित

मनोरञ्जन, राजनिती, साहित्य/कला
काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालद्वारा लिखित ‘विद्रोह, पुनर्गठन र वैज्ञानिक समाजवाद’ नामक पुस्तकको शुक्रबार राजधानीमा एक कार्यक्रमबीच विमोचन गरिएको छ । खनालद्वारा लिखित सो पुुस्तकको विभिन्न दैनिक पत्रिकाका सम्पादकले सामूहिक विमोचन गरेका छन् । पुस्तक विमोचन कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री तथा पुस्तकका लेखक खनालले नेतामा अध्ययन र चिन्तन विश्लेषण गर्ने क्षमता हुनुपर्ने आवश्यकता औंल्याए । उनले लेख्ने, पढ्ने र विश्लेषण गर्न नसक्ने व्यक्तिले राजनीतिक दल र मुलुकका लागि कुशल नेतृत्व प्रदान गर्न नसक्ने स्पष्ट पारे । नेता खनालले आफूहरूले एमालेबाट किन विद्रोह गरेर नयाँ पार्टी खोल्नुप¥यो भन्ने’ पुस्तकमा स्पष्ट चर्चा र व्याख्या गरिएको बताए । खनालले नेकपाको तत्कालीन सरकारको नेतृत्वमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक अवसर गुमा...
भारतमा प्रेम गीत-३ ले  हप्ता १५ करोड भारु कमाउने अपेक्षा

भारतमा प्रेम गीत-३ ले हप्ता १५ करोड भारु कमाउने अपेक्षा

ब्यानर समाचार 2, मनोरञ्जन
काठमाडाैं ।  गत सेप्टेम्बर २३ मा रिलिज गरिएको चलचित्र प्रेम गीत-३ ले भारतमा राम्रो व्यापार गरिरहेको छ । भारतका ३ सय बढी स्क्रिन तथा नेपालमा २ सय बढी स्क्रिन पाएको चलचित्रले भारतमा पहिलो दिनमा नै ९२ लाख भारु कमाएको थियो । दोस्रो दिनमा ८० लाख भारतीय रुपैयाँ कमाएको चलचित्रले तेस्रो दिन ९५ लाख भारु कमाएको थियो । चलचित्रले चौथो दिनमा ४५ लाख भारु कमाएको थियो भने पाँचौँ दिनमा आम्दानी घटेर ३५ लाख भारु पुगेको थियो । चलचित्रले भारतमा करिब ३.४७ करोड भारु कमाएको भारतीय सञ्चार माध्यमहरूले जानकारी दिएका छन् । चलचित्रका निर्माताहरुले पहिलो सप्ताहको अन्त्यमा चलचित्रले विश्वभरबाट ११ करोड भारु कमाएको चलचित्रले यो हप्ता १५ करोड भारु कमाउने अपेक्षा गरेको पनि भारतीय सञ्चारमाध्यमको धारणा छ ।...
 डि.के. फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माणाधिन “आरम्भ” चलचित्रको छायांकन अगावै पोस्टर सार्वजनिक

 डि.के. फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माणाधिन “आरम्भ” चलचित्रको छायांकन अगावै पोस्टर सार्वजनिक

मनोरञ्जन, समाचार
काठमाडौ  ।   डि.के. फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माणाधिन "आरम्भ" नामक चलचित्रको छायांकन  अगावै पोस्टर सार्वजनिक भएको छ, चलचित्र बिकास बोर्डमा दर्ता भएसङै बिजया दशमीको सुरुवातको अवसर पारेर पोस्टर सार्बजनिक गर्दै चलचित्र निर्माण गरिने जानकारी निर्दशक रोशन कुमारले दिएका छन । बिगतको केही चलचित्रमा नायकको भुमिका निभाइसकेका एक्सन जनराका फिट नायक दिपेन्द्र कोइराला, प्रशिक्षण लिइसकेका तथा थीयटर लगायतको प्रोजेक्टहरुमा काम गरिसकेका अभिनेता सुमन थापा र बलीउड फिल्म उधोग देखि अभिनय , स्कृप्ट लेखन तलिम लिइ स्वदेशमा फर्किए  पनि विभिन्न वेव सिरिज र फिल्म मा अभिनय तथा फिल्म लेखन  गरिसकेका कलाकार तथ फिल्म लेखक प्रेम वश्याल को एक प्रमुख भुमिका मा अभिनय रहने छ साथै चलचित्र "आरम्भ"मा बरिस्ठ कलाकार सानू ताम्राकार,प्रकाश श्रेष्ठ ,उमेश मायालु लगायत मोडेल तथा नायक दिनेश शाही,रङकर्मी तथा भोजपुरी अभिनेता प्रश...
‘हिजो आजका कुरा’ अब ठूलो पर्दामा

‘हिजो आजका कुरा’ अब ठूलो पर्दामा

मनोरञ्जन, समाचार
काठमाडौं। नेपाल टेलिभिजनबाट प्रसारण भएको टेलिशृङ्खला ‘हिजो आजका कुरा’ मार्फत अभिनेता तथा निर्देशक सन्तोष पन्तले आफ्नो परिचय स्थापित गर्नुभयो । छ सय ९९ भाग प्रसारण भएर कीर्तिमान बनाउन सफल टेलिशृङ्खलालाई तत्कालीन समयमा टेलिभिजनमा पर्खिने दर्शकको कमी थिएन । विसं २०५३ मा सुरु हुँदा टेलिशृङ्खलाको नाम ‘आज भोलिका कुरा’ राखिएको थियो । तत्कालीन नेपाल टेलिभिजनको महाप्रबन्धक नीर शाहकै सहयोगमा सुरु भएको टेलिशृङ्खला १७ भागपश्चात् ‘भोलिको कुरा’ स्वाभाविक नभएपछि ‘हिजो आजका कुरा’ बन्यो । पाक्षिक कार्यक्रम लोकप्रिय भएपछि साप्ताहिक बन्यो । उक्त समयमा झुपडीदेखि दरबारसम्म रुचाइएता पनि देशमा आएको राजनीतिक परिवर्तनसँगै बि।स।२०६३ मा यो हास्य टेलिशृङ्खला बन्द भयो । दर्शकले ‘हिजो आजको कुरा’ हेर्ने इच्छा देखाउनु भएपछि अभिनेता पन्तले निजी क्षेत्रको टेलिभिजन कान्तिपुरमा दुई वर्षसम्म एक सय १७ भाग प्रसारण गर्नुभय...
नेपाली कथानक चलचित्र प्रेमगीत-३ को हिन्दी संस्करण सार्वजनिक

नेपाली कथानक चलचित्र प्रेमगीत-३ को हिन्दी संस्करण सार्वजनिक

ब्यानर समाचार, मनोरञ्जन
काठमाडाैं । लामो समयसम्मको विवाद पछि शुक्रबारदेखि विश्वभर प्रदर्शनमा आएको नेपाली चलचित्र प्रेमगीत-३ को हिन्दी संस्करण सार्वजनिक भएको छ। नेपाल र भारत सहित विभिन्न मुलुकमा एक साथ प्रदर्शनमा आएको चलचित्रको हिन्दी संस्करण नेपालमा रिलिज नहुँदै सार्वजनिक भएको हो। हिन्दी भर्सनको सेन्सर सर्टिफिकेट नआइसकेकाले नेपालमा हिन्दी संस्करण सोमबार मात्र रिलिज हुने जनाइएको छ। यद्यपि नेपालमा प्रदर्शन हुनु पूर्व नै प्रेम गीत ३ ‘अनएथिकल’ साइट ‘टेलिग्राम’ मा लिक भएको हो। नेपाली फिल्मको इतिहासमा पहिलो पटक हिन्दीमा डब गरी नेपाल र भारतमा एकसाथ प्रदर्शन भएको फिल्मले पहिलो दुई दिन दर्शकको उत्साहजनक साथ पाएको छ। हिन्दी संस्करणले भारतमा पहिलो दिन ९२ लाख भारतीय रूपैयाँ कलेक्सन गरेको छ। भारतीय ट्रेड एनालिस्ट तरन आदर्शले भारतमा पहिलो दिन ९२ लाख भारू (झन्डै डेढ करोड) रूपैयाँको व्यापार गर्न सफल भएको जानकारी दिए । यस...