Friday, May 17
Shadow

मुख्य समाचार

नियन्त्रित लागूऔषध नाईट्राभेट ६ सय ट्याब्लेट सहित पक्राउ

नियन्त्रित लागूऔषध नाईट्राभेट ६ सय ट्याब्लेट सहित पक्राउ

अपराध, मुख्य समाचार
काठमाडौं । भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ६ सय ट्याब्लेट सहित सिरहा लहान नगरपालिका-४ घर भई हाल ललितपुर पाटन बस्ने २३ वर्षीय रमेश कुमार आनन्दलाई आइतबार साँझ प्रहरीले पक्रउ गरेको छ । प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । नवलपरासी(पूर्व), विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेबाट नियन्त्रित लागूऔषध नुर्फिन २३ एम्पुल, फेनारगन २३ एम्पुल र डाईजेपाम २३ एम्पुल सहित चितवन भरतपुर महानगरपालिका-४ बस्ने २८ वर्षीय बम बहादुर क्षेत्रीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी दाउन्नेबाट खटिएको प्रहरीले ना.६१ प १३४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटर चालक क्षेत्रीलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
गुजरातमा झाेलुङ्गे पुल भाँचिदा मृत्यु हुनेकाे संख्या ३५ पुग्याे

गुजरातमा झाेलुङ्गे पुल भाँचिदा मृत्यु हुनेकाे संख्या ३५ पुग्याे

मुख्य समाचार, विश्व
एजेन्सी  । भारतको गुजरातमा झाेलुङ्गे पुल भाँचिदा मृत्यु हुनेकाे संख्या ३५ पुगेकाे छ। मोरबी सहरस्थित माचु नदीमा भएको यस्तो घटनामा सयौं मानिसहरू नदीमा खसेर डुबेका छन्। झोलुंगे पुल भाँचिएको भिडियो स्थानीयहरूले सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। जहाँ सयौं मानिसहरू फसिरहेको देखिन्छ। बीबीसीका अनुसार उक्त पुलमा दुर्घटना हुने बेला करिब ४ सय मानिसहरू त्यहाँ थिए। स्थानीय अधिकारीहरूले भने दुर्घटनामा परेकाहरूको उद्धार प्रयास गरेको बताएका छन्। भारतीय मिडियाका अनुसार उक्त पुल मर्मत गरी पुन: सञ्चालनमा आएको केही दिनपछि नै भाँचिएको हो। गृहप्रान्त गुजरात रहेका भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले उक्त घटनाप्रति दु:ख व्यक्त गर्दै तत्काल कदम चाल्ने बताएका छन्। स्थानीयहरूले सार्वजनिक गरेको भिडियोमा देखाइए अनुसार अँध्यारोका बीच नदीमा फसेका मानिस...
आईसीसी टी-२० विश्वकप क्रिकेटमा पाकिस्तानले पहिलो जित निकाले

आईसीसी टी-२० विश्वकप क्रिकेटमा पाकिस्तानले पहिलो जित निकाले

खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । अष्ट्रेलियामा भइरहेको आईसीसी टी-२० विश्वकप क्रिकेटमा पाकिस्तानले पहिलो जित निकालेको छ । सुपर १२ को समूह बी मा रहेको पाकिस्तानले आइतबार नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गरेको हो । ९२ रनको लक्ष्य पाकिस्तानले १३.५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । यसअघि लगातार दुई खेल हारेको पाकिस्तानले पहिलो जितपछि ३ खेलबाट २ अंक जोडेको छ र सेमिफाइनलको झिनो सम्भावना कायम राखेको छ । यसअघि भारत र जिम्बावेसँग पराजित भएको पाकिस्तानले अब दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्न बाँकी छ । पाकिस्तानले बाँकी दुवै खेल जितेमा ६ अंक हुनेछ । ...
ठाउँ–ठाउँमा मनाइयो नेपाल संवतको नयाँ वर्ष ११४३

ठाउँ–ठाउँमा मनाइयो नेपाल संवतको नयाँ वर्ष ११४३

मुख्य समाचार
चान्द्र मासअनुसार प्रचलनमा रहेको मौलिक नेपाल संवतको नयाँ वर्ष ११४३ हिजाे विभिन्न कार्यक्रम गरी विभिन्न ठाउँमा मनाइएको छ । राजधानीमा बिहान सूर्योदयसँगै नयाँ वर्षलाई भव्य स्वागत गरिएको थियो । नयाँ वर्षको खुसीयालीमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा शुभकामना र्याली निकालिएको थियो । काठमाडौँ, ललितपुर, भक्तपुर, कीर्तिपुर, गोकर्णेश्वर, टोखा, साँखु, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा मौलिक वेषभूषासहित सांस्कृतिक झाँकी युक्त शुभकामना र्याली निकालिएको थियो । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाःले विसं ९३७ ९इसं ८८०० मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवतको सुरुआत गराएका थिए । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व...
दाङका तीन फर्निचर उद्योगमा आगलागी, करोडौंको क्षति

दाङका तीन फर्निचर उद्योगमा आगलागी, करोडौंको क्षति

दुर्घटना, ब्यानर समाचार, मुख्य समाचार
घोराही- घोराही–१५ सहित उमेशमार्ग रहेका तीन फर्निचर उद्योगमा गए राति विद्युत् चुहावट हुँदा आगलागी भएको छ । न्यू दाजुभाइ फर्निचर , दाजुभाइ फर्निचर  र स्टार दाजुभाइ फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ । लहरै सँगै रहेका तीन फर्निचरमा एउटाबाट अर्कोमा आगो सल्किएको बताइएको छ । तीनजना दाजुभाइले सञ्चालन गरेको फर्निचर उद्योगमा सबै जलेर खरानी भएको छ । बिहान करिब १ बजे लागेको आगो बिहान ७ बजे नियन्त्रणमा आएको छ । घोराही उपमहानगरपालिका–१५ का अध्यक्ष रमेश पाण्डेले घोराहीको, तुलसीपुर र लमहीको  दमकलले आगो नियन्त्रण ल्याएको जानकारी दिए । महेश शर्माको फर्निचर उद्योगबाट बिहान पौने १ बजे लक्ष्मी पूजाको झिलिमिली विद्युत् चुहावट भई आगलागी भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।  नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय टोलवासीले आगो नियन्त्रणमा ल्याउन सहयोग गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्र...
सन्दीपलाई थप २ दिन थुनामा राख्न आदेश

सन्दीपलाई थप २ दिन थुनामा राख्न आदेश

अपराध, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौँ- जिल्ला अदालत, काठमाडौँले सन्दीप लामिछानेलाई अन्तिम पटक थप २ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ। प्रहरीले आइतबार सन्दीपलाई म्याद थपका लागि अदालत लगेको थियो । थप दुई दिन थुनामा राख्न आदेश दिएको हो । तिहारको भोलिपल्टदेखि थुनछेक बहस सुरु हुने भएको छ। अदालतले थुनछेक बहसपछि साधारण तारेख वा धरौटीमा छाड्ने तथा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश दिनेछ।...
शीर्ष नेतादेखि मन्त्रीसम्मले गरे आयोगको आरोप अस्वीकार

शीर्ष नेतादेखि मन्त्रीसम्मले गरे आयोगको आरोप अस्वीकार

ब्यानर समाचार, मुख्य समाचार, राजनिती
काठमाडौँ- निर्वाचन आचारसंहिता उल्लङ्घनमा स्पष्टीकरण सोधिएका दलका शीर्ष नेतादेखि मन्त्रीसम्मले आरोप अस्वीकार गरेका छन् । हालसम्म ५१ वटा स्पष्टीकरण सोधेको आयोगलाई ३० वटाभन्दा बढी जवाफ आइसकेको छ । जवाफ बुझाउनेमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, विभिन्न मन्त्रालय, कर्मचारीदेखि सङ्घ सरकारका मन्त्रीसम्म छन् । स्पष्टीकरणको जवाफमा उनीहरूले आफूमाथि लगाइएको आरोप अस्वीकार गर्दै मतदाता प्रभावित पार्ने कुनै कार्य नगरेको दाबी गरेका छन् । गोरखा २ मा उम्मेदवारी दर्ता गर्न जाँदा पञ्चेबाजा बजाएर जुलुस निकालेको भन्दै स्पष्टीकरण सोधिएका प्रचण्डले स्थानीयहरू स्वतःस्फूर्त रूपमा भएको सो विषयमा पार्टी र आफूलाई जानकारी नभएको र यस सम्बन्धमा कुनै योजना, निर्देशन र अनुरोध नगरिएको दाबी गरेका छन् । शालिग्राम शर्मा पौडेल, प्रवक्ता, निर्वाचन आयोग स्पष्...
सरकारसँग कोरोनाविरुद्धको ६३ लाख डोज खोप मौज्दात, १९ लाख डोजको म्याद गुज्रिँदै

सरकारसँग कोरोनाविरुद्धको ६३ लाख डोज खोप मौज्दात, १९ लाख डोजको म्याद गुज्रिँदै

ब्यानर समाचार, मुख्य समाचार, स्वास्थ्य
काठमाडौँ-  कोरोनाविरुद्धको खोप अभियान सुस्त भइरहेका बेला सरकारसँग मौज्दात रहेको कोभिड १९ विरुद्धको १९ लाख डोज बढी खोपको म्याद नोभेम्बरको अन्तिममा गुज्रिने भएको छ । अहिले देशभरका कोल्डचेनमा रहेको ६३ लाख १७ हजार २०६ डोजमध्ये १९ लाख २३ हजार ९८६ डोज फाइजर खोपको आगामी नोभेम्बरमा म्याद गुज्रिने भएको हो । म्याद गुज्रिन लागेको सो खोप नेपाललाई कोभ्याक्स सुविधामार्फत प्राप्त भएको हो । १९ लाखमध्ये ९ लाख ५५ हजार १२७ डोज १२ वर्ष माथिका नागरिकमा प्रयोग हुने र ९ लाख ६८ हजार ८५९ डोज ५ देखि १२ वर्षसम्मका बालबालिकामा प्रयोग हुने खोप हो ।देशभरका कोल्डचेनमा गरी अहिले ४३ लाख ५७ हजार ९२५ लाख डोज भेरोसेल, ३५ हजार २५९ डोज जोन्सन एन्ड जोन्सन, १९ लाख २३ हजार ९८६ डोज फाइजर खोप मौज्दात रहेको स्वास्थ्य सेवा विभागअन्तर्गत आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ । त्यसमध्ये भेरोसेल खोपको म्याद अझै एक वर्ष बाँकी ...
काठमाडौँका सुकुम्वासी बस्ती हटाउने तयारी, ३ हजार ४९६ घरधुरी रहेको प्रारम्भिक तथ्याङ्क

काठमाडौँका सुकुम्वासी बस्ती हटाउने तयारी, ३ हजार ४९६ घरधुरी रहेको प्रारम्भिक तथ्याङ्क

ब्यानर समाचार, मुख्य समाचार, स्थानिय तह
काठमाडौँ- अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले काठमाडौँ महानगरपालिकासँगको समन्वयमा नदी तथा खोला किनारालगायत विभिन्न ठाउँका सुकुम्वासी बस्ती हटाउने तयारी थालेको छ । वास्तविक सुकुम्वासी पहिचान गरी हटाउने तयारी थालिएको हो । समितिका सूचना अधिकारी कमल अर्यालका अनुसार वास्तविक सुकुम्वासी पहिचान गर्न अध्ययन भइरहेको छ । समितिले सङ्कलन गरेको प्रारम्भिक तथ्याङ्कबाट काठमाडौँका २० वटा वडाका २७ स्थानमा सुकुम्वासी बस्ती रहेको खुलेको छ । समितिको तथ्याङ्क अनुसार तीन हजार ४९६ घरधुरी रहेको अर्यालले जानकारी दिए । समितिका अनुसार २० वटै वडाले समितिलाई विवरण पठाएपछि प्रक्रिया अघि बढ्नेछ । वास्तविक सुकुम्वासीहरूको व्यवस्थापन हुने पनि उनले बताए । यसअघि दुई स्थानका सुकुम्वासी बस्तीलाई पनि व्यवस्थापन गरिएको अर्यालले बताए । धोबीखोला, वाग्मती, विष्णुमती, बालाजु लगायत क्षेत्रमा सुकुम्वासी...
एक सहकारी संस्थाका कर्मचारीमाथि गोली प्रहार

एक सहकारी संस्थाका कर्मचारीमाथि गोली प्रहार

मुख्य समाचार, समाचार
लालबन्दी । सर्लाहीको पश्चिमी भेगमा पर्ने बाग्मती नगरपालिकास्थित मिलन चोकमा रहेको एक सहकारी संस्थाका कर्मचारीमाथि गोली प्रहार भएको छ । बुधबार बिहान सवा ११ बजे बागमती नगरपालिका–१ स्थित सगुन बचत तथा ऋण सहकारी संस्थामा कार्यरत लालबन्दी नगरपालिका–२ जुटपानीका ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएकाे सर्लाही प्रहरीले जनाएकाे छ । । प्रहरीका अनुसार कार्कीमाथि कार्यालयमा काम गरिरहेको समयमा भारतीय नम्बरको नीलो रंगको मोटरसाइकलमा आएकाहरुले गोली प्रहार गरी मोटरसाइकलमै फरार भएको बुझएको छ । घाइते कार्कीमाथि ३ राउन्ड गोली प्रहार भएको र उनको पाखुरा, दाहिने कोखा, बायाँ कोखा र दाहिने तिघ्रामा गोली लागेका छ । उनलाई जहाजबाट थप उपकारका लागि काठमाडौँ ल्याइँदै छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...