Wednesday, May 1
Shadow

सिक्किममा सत्यमोहन जोशीकाे सम्झनामा शोक सभा आयोजना


  • -इ
  • इ+
संस्कृतिविद वाङमय शताब्दी पुरुष डा. सत्य मोहन जोशीको असामयिक निधन गत १६ अक्टोबर २०२२ को दिन १०३ बर्षको उमेरमा पाटन,नेपालको किष्ट अस्पतालमा उपचारको क्रममा निधन भयो। उहाँको निधनको खबरले सारा नेपाल र भारतका सिक्किम एवं विश्वका नेपाली भाषीहरुले गहिरो शोक प्रकट गरे।
सिक्किम स्थित नेवाः भाषा एवं संस्कृति राष्ट्रिय बिद्यालय,सिक्किम र सिक्किम नेवाः गुथिको संयुक्त त्ववाधानमा एउटा आकस्मिक शोक सभा बिद्यालयमा सम्पन भयो।
वहाँको आत्माले शान्ति प्राप्त गरुन् भनी दुई मिनटको मौन धारण गरियो भनी दीवंगत डा. जोशीको फोटोमा माला अर्पण गरेर श्रद्धाञ्जली चढाए।
यस सभामा सिक्किम नेवाः गुथिको पुर्व अध्यक्ष एवं नेवाः भाषा एवं संस्कृति राष्ट्रिय बिद्यालय,सिक्किमका चियरमेन भाजु दिलु कुमार प्रधान , सिक्किम नेवाः गुथिको आजीवन सदस्य एवं सम्पादक स्मारिका बरिष्ठ साहित्यकार भाजु प्रधुम्न श्रेष्ठ ,बिद्यालयका प्राचार्य भाजु बिकास प्रधान, भाजु बिनित प्रधान र बिद्यालयका बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
भाजु प्रधुम्न श्रेष्ठले शताब्दी पुरुष डा. सत्य मोहन जोशीको जीवनी र कृति बारे बिस्तृत प्रकाश पारेका थिए भने उहाँको सबै कृतिहरु बिद्यार्थीहरुले पढ्नु पर्छ भनी आह्वान पनि गरे।
भाजु दिलु कुमार प्रधानले डा. जोशी सँगको भेटको अनुभव र उहाँको जीवनी बारे आपनो धारणा ब्याक्त गरे।
वहाँले बिद्यालयको प्रशासनीक चियरमेनको हैसियतमा बिद्यालयमा ” सत्य मोहन जोशी स्मृति पुस्तकालय ” स्थापना गर्ने घोषणा पनि गरे।
भाजु बिकास प्रधानले डा. जोशी बाट लिइएको ज्ञानको स्मरण गर्दै आपनो नेवार भाषा र संस्कृतिको संरक्षण ,सम्बर्द्धन र बिकास गर्ने प्रेरणा पाएको अनुभव साझा गरे। वहाँले आजको सभाको उद्घोषण र धन्यवाद ज्ञापन गरे।
अन्तमा दिवांगत आत्माको शान्तिको कामना साथै सम्पूर्ण शोकाकुल परिवारलाई सम्वेदना प्रकट गरे।
समाचार श्रोेत भाजु विकास प्रधान
"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्