Sunday, May 12
Shadow

गोलकिपर एलेक्स लेस्टरमा अनुबन्धित


  • -इ
  • इ+

काठमाडौं- प्रिमियर लिग क्लब लेस्टर सिटीले गोलकिपर एलेक्स स्मिथिसलाई अनुबन्ध गरेको छ ।

लेस्टरले गोलकिपर एलेक्सलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।

३२ वर्षीय गोलकिपरले लेस्टरसँग दुई वर्षको सम्झौता गरेका छन् ।

इंग्लिस गोलकिपर एलेक्स चार सिजन कार्डिफ सिटीमा बिताएर लेस्टर आएका हुन् ।

एलेक्सले कार्डिफमा १०० खेल खेलेका छन् ।

त्यसअघि उनले हडर्सफिल्ड टाउन र क्युपीआरबाट खेलेका थिए ।

एलेक्सले इंग्ल्यान्डको उमेर समूहको राष्ट्रिय टोलीबाट खेलेका थिए ।

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्