Thursday, May 2
Shadow

प्रधानमन्त्री कप क्रिकेट : कर्णालीले सुदूरपश्चिमलाई १५१ रनको लक्ष्य


  • -इ
  • इ+

काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री राष्ट्रिय क्रिकेट कप प्रतियोगितामा कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशलाई जितको लागि १५१ रनको लक्ष्य दिएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णाली प्रदेशले ३८ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १५० रनको योगफल बनायो ।

कर्णाली प्रदेशका लागि अर्जुन घर्तीले सर्वाधिक ७० रनको योगदान दिए । ९६ बल खेलेका उनले पाँच छक्का र चार चौका प्रहार गर्दै ७० रनको योगदान दिएका हुन् । त्यसैगरी सुवास ऐरले २४ रन बनाए भने हिमांशु शाहीले १२ रन जोडे । प्रकाश जैशीले ९ तथा दीपेन्द्र रावतले ८ रन बनाए ।

बलिङतर्फ सुदूरपश्चिमका नारायण जोशी एक्लैले चार विकेट लिए भने हेमन्त धामीले तीन विकेट लिए । त्यस्तै गजेन्द्र बोहोराले दुई विकेट लिँदा मिलन बोहोराले एक विकेट झारे । सुदूरपश्चिम अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्