Thursday, May 2
Shadow

मैत्रीपूर्ण खेल्न नेपाली राष्ट्रिय फुटबल टीम बन्द प्रशिक्षणमा व्यस्त


  • -इ
  • इ+

काठमाडौं । पाकिस्तानसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टीम बन्द प्रशिक्षणमा व्यस्त भएका छन् । नेपाली राष्ट्रिय फुटबल टीमले सोमबार ललितपुरको सातदोवाटोस्थीत एन्फा कम्प्लेक्समा प्रशिक्षण गरेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने नेपाल र पाकिस्तानबीचको खेल कात्तिक ३० गते बुधबार हुनेछ ।

खेल साँझ ५ः३० बजे सुरु हुनेछ । खेलका लागि पाकिस्तानको राष्ट्रिय फुटबल टिम नेपाल आईपुगेका छन् । पाकिस्तानी टोली आइतबार राति नेपाल आइपुगेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।नेपालसँगको खेलका लागि  पाकिस्तानले हसन बसिरको कप्तानीमा टोली घोषणा गरेको थियो ।

नेपाल र पाकिस्तानबीच हुने एक मैत्रीपूर्ण खेलको टिकट विभिन्न डिजिटल वालेट कम्पनि खल्ती, इसेवा र आईएमई पे बाट किन्न सकिने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सामान्य प्यारापिटतर्फ ५ सय , भिआइपीतर्फ १ हजार र ५ हजारको टिकट मूल्य तोकेको छ । टिकट काटेर हेर्ने एक भाग्यशाली दर्शकले कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल अन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेलको टिकट प्राप्त गर्ने एन्फाले जनाएको छ ।  विजेता गोलापर्थाद्वारा छनोट गरिनेछ ।

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्