Thursday, April 25
Shadow

अफगानमा बाढीमा परी १८० जनाको मृत्यु, २५० जना घाइते


  • -इ
  • इ+

अफगानिस्तानमा अगष्ट महिनामा बाढीमा परी १८० जनाभन्दा धेरैको मृत्यु भएको छ।

तालिबानले बिहीबार यो तथ्यांक सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय समुदायलाई सहयोगको लागि अपिल गरेको छ।

पछिल्लो केही सातायता अफगानिस्तानको मध्य तथा पूर्वी प्रान्तहरुमा ठूलो मात्रामा बाढीको प्रकोप फैलिएको छ। बाढीको कारण हजारौं घरहरु बगाएका छन् भने मुलुकको आर्थिक तथा मानवीय संकट पनि बढेको छ।

तालिबनका अनुसार बाढीको कारण २५० जना मानिसहरु घाइते भएका छन् भने ३१ सयभन्दा धेरै घरहरु पूर्णरुपमा ध्वस्त भएका छन्।

अफगानिस्तानमा गत जुनमा खडेरी तथा भूकम्पको कारण एक हजारभन्दा धेरै मानिसको मृत्यु भएको थियो।

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्