Thursday, May 2
Shadow

नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कोर्स–६२ टोली बिहिबार स्वदेश फर्किए


  • -इ
  • इ+

काठमाडौं । भदौ १२ गतेदेखि नेपाल भ्रमणमा रहेको भारतको नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कोर्स–६२ टोली बिहिबार स्वदेश फर्किएको छ । एयर भाइस मार्सल तेजवीर सिंहको नेतृत्वमा आइतबार नेपाल आएको ३१ सदस्यीय भारतीय टोलीले नेपालमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालगायतसँग भेटवार्ता गरेको हो ।

भारतीय टोलीले नेपालमा जङ्गी अड्‍डाको भ्रमण पनि गरेको थियो । भ्रमणको क्रममा भारतीय टोली नेपाली सेनासँग सम्बन्धित विषयहरुमा आधारित प्रस्तुतीकरण तथा अन्तरक्रियात्मक कार्यक्रम गर्नुका साथै भ्रमणदलका प्रमुख सिंहले प्रधान सेनापति प्रभुराम शर्मासँग जङ्गी अड्‌डामा शिष्टाचार भेटघाट समेत गर्नु भएको थियो ।

भारतीय टोलीले पोखरास्थित श्री मध्य कमाण्ड हेड क्वार्टरको भ्रमण, पशुपतिनाथ मन्दिर, काठमाडौं, दरबार स्क्वायर, लुम्बिनी, नाम्चे बजार लगायत काठमाडौं र पोखराका विभिन्न पर्यटकीय स्थलहरुको अवलोकन समेत गरेको थियो ।

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्