Tuesday, April 30
Shadow

जाजरकोटमा प्रतिनिधीसभा तथा प्रदेशसभाको मतगणना जारी


  • -इ
  • इ+

जाजरकोट । जाजरकोटमा प्रतिनिधीसभा तथा प्रदेशसभाको मतगणना जारी छ । प्रतिनिधि सभा सदस्यको एक मात्र निर्वाचन क्षेत्र रहेको जाजरकोटमा नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतले अग्रता लिनुभएको छ ।

सत्ता गठबन्धनका साझा उम्मेदवार बस्नेतले पाँच हजार आठ सय ६४ मत गणना हुँदा तीन हजार ५६ मत प्राप्त गरि अग्रता लिनुभएको छ । उता एमालेका निरज आचार्यले दुई हजार तीन सय ८६ मत प्राप्त गरि पछ्याईरहनुभएको छ ।

त्यस्तै प्रदेश सभा ‘क’ तर्फ बारेकोट गाउँपालिकाको मतगणना गर्दा बारेकोट बेदराज सिंह र डम्वर सिंह दुबैनेपाली कांग्रेसका बेदराज सिंहले ६ हजार ६ सय ७५ मत गणना हुँदा चार हजार ५७ मत प्राप्त गरि अग्रता लिनुभएको छ ।

नेकपा एमालेका उम्मेदवार डम्बर बहादुर सिंहले दुई हजार दुई सय ६१ मत प्राप्त गर्नुभएको छ । बारेकोट गाउँपालिका बेदराज सिंह र डम्वर सिंह दुबैको गृहपालिका हो ।

प्रदेश ‘ख’ मा ९ हजार ९ सय २२ मतगणना हुँदा नेपाली कांग्रेसका राजिव विक्रम शाहले पाँच हजार ३ सय ७० मत प्राप्त गरि अग्रता लिनुभएको छ भने नेकपा एमालेका खिमबहादुर शाहीले तीन हजार ६ सय ७५ मत प्राप्त गर्नु भएको छ । जाजरकोटमा ६५ हजार ९ सय ६१ मत खसेको छ ।

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्