Friday, May 10
Shadow

एन.बी. अन्जान चर्चित पुस्तकहरुका लेखक अन्जानको मौसम बजारमा


  • -इ
  • इ+

काठमाडाैं । चलचित्र लेखक, निर्देशक तथा गजलकार एन.बी. अन्जानद्वारा लिखित गजलसङ्ग्रह “मौसम” सार्वजनिक भएको छ । कामठमाडौँको कालिकास्थान स्थित सर्वनाम थिएटरमा भाद्र १८ गते, शनिबारका दिन आयोजित ‘ग्रयाण्ड महफिल सिजन २’ का अवसरमा “मौसम” सार्वजनिक गरिएको । कवि तथा साहित्यकार बाबु त्रिपाठीको प्रस्तुतिमा सञ्चालित महफिल सिजन २ का गजलकारहरु रुपेस अन्जान, हिमाल सरोवर, रोमा लम्साल, रहस्यविक्रम चिमरिया, महफिलका प्रस्तुतकर्ता बाबु त्रिपाठी र गजलकार एन.बी अन्जानले संयुक्त रुपमा मौसम सार्वजनिक गरेका हुन् । गजलकार अन्जान सिनेमाको लेखन र निर्देशन गर्छन्, गजल लेख्छन् । चुपचाप साधनामा रहनु, हल्लाभन्दा बाहिर बस्नु गजलकार अन्जानको विशेषता हो ।

रातारात चर्चाको शिखर खोज्नेहरूका लागि एन.बी. एउटा उदाहरण हुन् । अन्जानको गजलमा यो तेस्रो कृति हो । ‘मरुभूमि साहित्य यात्रा’ गजल संग्रह, ‘आहुति’ गजल संग्रह, ‘आधा इन्च’ हाइकु एसिया कै सानो कृति, ‘कोपिला’ नेपाली भाषाको पहिलो रुबाई महाकाब्य जस्ता चर्चित पुस्तकका लेखक हुन् अन्जान । यस पुस्तकको लेआउट तथा डिजाइन मुनलाइट इन्टरनेशनल मिडिया प्रा.लि.ले गरेको हो भने मौसम दुई प्रकारबाट बजारमा आएको छ । नर्मल कभरको मूल्य रु.२५० र हार्ड कभरको मूल्य रु ३५० रहेको छ । यस पुस्तकको पाचपोखरी प्रकाशक तथा बितरक रहेको छ । उत्त बिमोचन समारोह तथा मेहफिलमा राज सागरले अन्जान लगायतका गजल समेत गायन प्रस्तुति दिएका थिए ।

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्