Monday, April 29
Shadow

अनलाइन सञ्चार माध्यमलाई अद्यावधिक गर्न आग्रह


  • -इ
  • इ+

काठमाडाैं । प्रेस  काउन्सिल नेपालले काउन्सिलमा सूचीकरण भएका अनलाइन सञ्चार माध्यमलाई अद्यावधिक गर्न आउन भनेको छ ।   हालसम्म तीन हजार ७०३ वटा अनलाइन सञ्चार माध्यम सूचीकरण भएको जानकारी दिँदै काउन्सिलले उनीहरुलाई सूचीकरण अद्यावधिक गर्न आउन भनेको हो ।

आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र सूचीकरण अद्यावधिक गर्नुपर्ने मापदण्ड रहेको स्मरण गराउँदै काउन्सिलले सूचीकरण भएका सम्पूर्ण अनलाइन सञ्चार माध्यमले कागजातसहित पुस मसान्तभित्र सूचीकरण अद्यावधिक गर्न आग्रह गरेको हो । अन्यथा सूचीकरणबाट हटाउने काउन्सिलको चेतावनी छ ।

‘अनलाइन सञ्चार माध्यम सूचीकरण मापदण्ड २०७८ को बुँदा नं. १० मा ’अनलाइन सञ्चार माध्यमले हरेक वर्ष, आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र आफ्नो न्युजपोर्टलको सूचीकरण अद्यावधिक गर्नुपर्नेछ’ भन्ने व्यवस्था रहेको हुँदा काउन्सिलमा सूचीकरण भएका सम्पूर्ण अनलाइन सञ्चार माध्यमले निम्नानुसारका कागजातसहित पुस मसान्तभित्र सूचीकरण अद्यावधिक गराउन यो सूचना जारी गरिएको छ । तोकिएको समयभित्र अद्यावधिक नभएका अनलाइन सञ्चार माध्यमलाई अद्यावधिक सूचीकरणबाट अलग राखिने बेहोरा समेत यसै सूचनामार्फत जानकारी गराइन्छ’, उपप्रशासकीय अधिकृत रामशरण बोहराले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्