Friday, May 17
Shadow

फूलपातीको अघिल्लो दिनदेखि टिकाको भोलिपल्टसम्म मालवाहक गाडी चलाउन नपाइने


  • -इ
  • इ+

काठमाडौँ- दसैँको षष्टि अर्थात् फूलपातीको अघिल्लो दिनदेखि टिकाको भोलिपल्टसम्म राजमार्गमा मालवाहक गाडी चलाउन नपाइने भएको छ ।

यातायात व्यवस्था विभागले बुधबार सरोकारवाला निकायसँग छलफल गर्दै दसैँको यातायात सु-व्यवस्था तथा सडक सुरक्षाका लागि भन्दै षष्टिदेखि एकादशी (दसैँको टिकाको भोलिपल्ट) सम्म मालवाल गाडी सञ्चालनमा रोक लगाउने निर्णय हो ।

दसैँका समयमा बढ्ने सार्वजनिक यातायातको चाप र सडक सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । तर, अत्यावश्यक खाद्यान्न लगायतका ढुवानीका साधनहरूलाई पनि नरोकिने विभागले जनाएको छ ।

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्