Thursday, May 2
Shadow

खाडी मुलुक र नेपालको सम्बन्ध मजबुद बनाउनु पर्छ- डा.सिद्दीकी


  • -इ
  • इ+

विगत पाँच वर्ष देखि अन्तर्राष्ट्रिय सम्बन्धका विविध आयाममा काम गर्दै आएको द मदर फाउण्डेसन नामक गैरसरकारी संस्थाका संस्थापक डा.सलाहुद्दीन अख्तर सिद्दीकीले वैदेशीक रोजगारीको लागि लाखौँ नेपाली युवा खाडी मुलुकमा रहदैँ आएकोले नेपाल र खाडी मुलुकहरु संगको सम्बन्ध थप मजबुद र सुदृढीकरण हुनु पर्ने कुरा बताएका छन् ।

भारत र चीनसँग नेपालको जस्तो सम्बन्ध छ त्यस्तै सम्बन्ध खाडी मुलुकहरु सँग पनि हुनुपर्ने मान्यता फाउण्डेसनको रहेको धारणा उनले नौलोदृष्टी सँगको कुराकानीमा बताएका हुन। ‘नेपाल–जीसीसी सम्बन्ध र सहकार्यः विश्वव्यापी भू–राजनीतिक परिवर्तन चुनौती र सम्भावना’ विषयक एकदिने कार्यशालाका सन्दर्भमा नौलोदृष्टीसँग कुरा गर्दै उक्त कार्यक्रम नेपाल र खाडी मुलुकबीचको सम्बन्ध सुदृढ गर्ने पहिलो प्रयास हुने समेत उनले दाबी गरे ।

कार्यक्रमको तयारी स्वरुप उक्त संस्थाले एक साता अघि त्रिविमा परराष्ट्र सम्बन्ध तथा कुटनीति अध्ययन गरिरहेका विद्यार्थीहरूसँग अन्तर्क्रिया समेत गरिसकेको छ ।

डा.सिद्दीकीका अनुसार उक्त कार्यक्रममा पूर्वराजदूत, कूटनीतिज्ञ, त्रिभुवन विश्वविद्यालय परराष्ट्र सम्बन्ध तथा कूटनीति विभाग लगायतका नेपाली विज्ञ तथा विदेशी प्रतिनिधिसमेत सहभागी हुने अपेक्षा गरिएको छ ।

खाडी देश काउन्सिल जिसिसी साउदी अरब, कतार, युएई, कुवेत, ओमान र बहराइन संलग्न एक संघ हो जसको प्रधान कार्यालय रियाद, साउदी अरेबियामा छ।

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्