Friday, May 17
Shadow

विचार

‘त्रुटिपूर्ण’ फैसलाको जगमा पोखरीमा ठड्याइएको छाया सेन्टर

‘त्रुटिपूर्ण’ फैसलाको जगमा पोखरीमा ठड्याइएको छाया सेन्टर

विचार
- जनक नेपाल अघिल्लो संसद्को १३ भदौको बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले काठमाडौंको ठमेलस्थित व्यापारिक कम्प्लेक्स छाया सेन्टर भत्काउनुपर्ने माग राखे । अघिल्लो दिन भारतको नोएडामा भत्काइएको गगनचुम्बी ट्विन टावरको प्रसंग झिक्दै उनले भनेका थिए, ‘नोएडाको गगनचुम्बी भवन बम राखेर भत्काइयो । अब कमलपोखरीमा निर्माण गरिएको व्यापारिक भवन छाया सेन्टर पनि भत्काउनुपर्छ ।’ एक दिनअघि १२ भदौमा उत्तर प्रदेशको नोएडामा भारतीय सर्वोच्च अदालतको फैसलाबाट ३२ तले ट्विन टावर भत्काइएको थियो । भुईंतलासहित नौतले भवनको अनुमति लिएर अनधिकृत ढंगले ३२ र २९ तले टावर ठड्याइएपछि यो विवाद अदालत पुगेको थियो । उच्च अदालतले आठ वर्षअघि नै ती भवन भत्काउने आदेश दिएको थियो । तर, त्यसविरुद्ध टावर निर्माण कम्पनी सुपरटेक सर्वोच्च पुग्यो । लामो कानुनी लडाइँपछि सर्वोच्चले इलाहवाद उच्च अदालतको फैसलालाई सदर गर्दै १५ भ...
दाङमा चुनावी रौनक : उम्मेदवार बस्तीबस्तीमा, दलका कार्यकर्ता भोट हाल्न सिकाउँदै

दाङमा चुनावी रौनक : उम्मेदवार बस्तीबस्तीमा, दलका कार्यकर्ता भोट हाल्न सिकाउँदै

विचार
दाङ - प्रतिनिधि सभा र प्रदेश सभा चुनाव नजिकिँदै गर्दा दाङमा उम्मेदवार बस्तीबस्तीमा चुनावी प्रचारप्रसारमा व्यस्त छन् । चुनावी प्रचारप्रसारमा हिँडेका उम्मेदवारले मतदाताको घरदैलोमा पुगेर मतदाताका कुरा सुन्दै आफ्ना योजना मतदातालाई सुनाउँदै मंसिर ४ गते हुने निर्वाचनमा आफूलाई मतदानका लागि आग्रह गर्दै आएका छन् । ३ वटा संघीय निर्वाचन क्षेत्र र ६ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको दाङमा राजनीतिक दल र स्वतन्त्र गरेर ८९ जना उम्मेदवारहरु चुनावी मैदानमा छन् । उम्मेदवारहरु आफ्ना एजेण्डा लिएर जनताको घरदैलोमा पुग्ने तथा आफ्नाे पक्षमा मतदान गर्नका लागि आग्रह गर्ने गरेका छन् । निर्वाचन प्रचारप्रसारका क्रममा मतदातालाई रिझाउनका लागि कतिपय उम्मेदवारले भने मतदातालाई काममा सहयोग गरेको अभिनय गर्नका लागि धान काट्ने, खोत जोत्नेदेखि खन्ने काम समेत गरिररहेका छन् । चुनावी प्रचारप्रसारसँगै राजनीतिक दलले...
आलोचना गर्ने मोडललाई थाइल्याण्ड प्रवेशमा प्रतिबन्ध

आलोचना गर्ने मोडललाई थाइल्याण्ड प्रवेशमा प्रतिबन्ध

मुख्य समाचार, विचार
काठमाडौं । म्यानमारका सैनिक शासकको आलोचना गर्ने मोडललाई थाइल्याण्ड प्रवेशमा प्रतिबन्ध लगाइएको छ । समाचार संस्था एपीका अनुसार हान ले भनेर चिनिने मोडल थाउ नान्डर आङलाई बुधबार भियतनामबाट फर्किनेक्रममा बैंककको सुवर्णभूमि विमानस्थलमा रोकिएको छ । अध्यागमनका एक अधिकारीले उनको ट्राभल डकुमेन्टमा केही समस्या भएको औंल्याउँदै प्रवेशमा प्रतिबन्ध लगाएको जनाएका छन् । हान ले थाइल्याण्ड बस्दै आएकी थिइन् । त्यहाँको बसाइ बिस्तार गर्न अध्यागनम नियमअनुसार बेलाबेला बाहिर निस्केर पुनः प्रवेश गर्नुपर्ने हुन्छ । उनले स्वदेश फर्कंदा सैनिक शासनबाट हुनसक्ने कारबाहीका कारण आफू भयभित भएको जनाएकी छिन् । उनले आफूलाई म्यानमार फिर्ता पठाउनबाट रोक्न संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीको सहयोग खोजिरहेको बताइन्, जहाँ उनले आलोचना गरेको सैन्य सरकारबाट कठोर सजायको डर छ। गत वर्ष थाइल्याण्डमा भएको सौन्दर्य प्रतियो...
खाडी मुलुक र नेपालको सम्बन्ध मजबुद बनाउनु पर्छ- डा.सिद्दीकी

खाडी मुलुक र नेपालको सम्बन्ध मजबुद बनाउनु पर्छ- डा.सिद्दीकी

विचार
विगत पाँच वर्ष देखि अन्तर्राष्ट्रिय सम्बन्धका विविध आयाममा काम गर्दै आएको द मदर फाउण्डेसन नामक गैरसरकारी संस्थाका संस्थापक डा.सलाहुद्दीन अख्तर सिद्दीकीले वैदेशीक रोजगारीको लागि लाखौँ नेपाली युवा खाडी मुलुकमा रहदैँ आएकोले नेपाल र खाडी मुलुकहरु संगको सम्बन्ध थप मजबुद र सुदृढीकरण हुनु पर्ने कुरा बताएका छन् । भारत र चीनसँग नेपालको जस्तो सम्बन्ध छ त्यस्तै सम्बन्ध खाडी मुलुकहरु सँग पनि हुनुपर्ने मान्यता फाउण्डेसनको रहेको धारणा उनले नौलोदृष्टी सँगको कुराकानीमा बताएका हुन। ‘नेपाल–जीसीसी सम्बन्ध र सहकार्यः विश्वव्यापी भू–राजनीतिक परिवर्तन चुनौती र सम्भावना’ विषयक एकदिने कार्यशालाका सन्दर्भमा नौलोदृष्टीसँग कुरा गर्दै उक्त कार्यक्रम नेपाल र खाडी मुलुकबीचको सम्बन्ध सुदृढ गर्ने पहिलो प्रयास हुने समेत उनले दाबी गरे । कार्यक्रमको तयारी स्वरुप उक्त संस्थाले एक साता अघि त्रिविमा परराष्ट्र सम्...
मेयर बालेनज्यू, तपाइँ असफल हुनु भएन : पूर्वसचिव शारदा त्रिताल

मेयर बालेनज्यू, तपाइँ असफल हुनु भएन : पूर्वसचिव शारदा त्रिताल

ब्यानर समाचार, विचार, स्थानिय तह
मेयरज्यू काठमाडाैँ महानगरपालिका तपाइँ असफल हुनु भएन । १.  तपाइँलाई काठमाडाैँका जनताले त्यसै मेयरमा जिताएका होइनन् । यो विषयमा ख्याल गर्नुहुने नै छ । २. काठमाडाैँ एउटा महानगरपालिका मात्र होइन देशको राजधानी शहर पनि हो । यसका आफ्नै किसिमका ऐतिहासिक र सांस्कृतिक मूल्य मान्यता पनि छन् । यिनको संरक्षण र सम्बर्द्धन गर्ने जिम्मेवारी पनि तपाइँको काँधमा आएकोछ । ३. राजनीति ‘जनताको लागि’ गरिनु पर्नेमा विगत केही दशकदेखि नेताहरुबाट ‘जनताउपर’ राजनीति गरिएको कारणले लामो समयदेखि हर्ताकर्ता भएका ठूला पार्टीका नेताहरुप्रति जनता निराश भएको अवस्था छ । ४. तपाइँको चुनाव घोषणापत्रमा उल्लेख भएअनुसार पनि फोहोरको व्यवस्थापन प्राथमिकतामा परेको देखिन्छ । तर यति लामो समयसम्म पनि यसमा प्रगतिका खास लक्षणहरु देखिन नपाएको कारण तपाइँप्रति जनता निराश हुन थालेको देखिन्छ । जनताको स्वास्थ्य र देशको प्रतिष्ठासँ...
राष्ट्रपतिको सकारात्मक कदम

राष्ट्रपतिको सकारात्मक कदम

विचार
विवादास्पद र राष्ट्रघाती मानिएको नागरिकता विधेयकलाई १४ दिनअघि प्रमाणीकरणका लागि पठाइएकोमा सम्माननीय राष्ट्रपती विधादेवी भण्डारीले प्रमाणीकरण नगरी संसदमै फिर्ता पठाउनु भएको खबर स्वागतयोग्य छ ! राष्ट्रपतीले उक्त विधेयक “…संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएकोले….” (“……It is essential to rethink by the Federal Parliament…”) भन्ने प्रष्ट निर्देशानात्मक आदेश जारी भएको छ । Collins को dictionary मा “Rethink” को अर्थ यसरी दिइएको छ- “Think about it (i.e, in accordance with the Constitution) again and change it.” राष्ट्रपती भण्डारीको कार्यालयको विज्ञप्तीमा प्रष्ट रूपमा संघीय संसदले जस्ताको त्यस्तै विधेयक नपठाएर संविधान बमोजिम संशोधन वा परिवर्तन सहित मात्रै पठाउने स्पष्ट सन्देश दिइएको छ । यो तथ्यले के प्रष्ट पार्छ भने यदि संशोधन वा परिवर्तन विना विधेयक राष्ट्रपती समक्ष पुनः पेश भएमा राष्ट्...
‘डिलबहाडुर घर्टी’लाई किन नेपाली बोल्न आउँदैन?

‘डिलबहाडुर घर्टी’लाई किन नेपाली बोल्न आउँदैन?

राजनिती, विचार, समाज
–नरेश रेग्मी शर्मा​ दाङ, सल्यान, प्युठान, रोल्पा र रुकुमको सम्बन्ध उकाली र ओरालीको सम्बन्ध हो। भञ्ज्याङ अनी चौतारीको सम्बन्ध हो। यो क्षेत्रका विभिन्न समुदायको लागि दाङ बसाईंसराई सुन्दर गन्तव्य मानिन्छ। त्यसै कारणले पनि हो अली बढी पहाडी भेगमा फैलिएको मगर समुदायको बस्ती दाङमा पनि बाक्लो छ। सानो छँदा मेरो पनि एउटा मिल्ने मगर साथी थियो। आफ्नै फरक मातृभाषा  भएर होला ऊ नेपालीमा आफ्नो नाम पनि शुद्ध भन्न नसक्ने। दिलबहादुर घर्ती भन्नु पर्नेमा ‘डिल बहाडुर घर्टी’ भन्थ्यो। हामी उसलाई ‘डिले’ भनेर बोलाउँथ्यौँ र खोजीखोजी उसलाई उच्चारण गर्न अप्ठ्यारो पर्ने शब्द बोल्न लगाउँथ्यौँ। थारु र मगरलाई बोल्न अप्ठ्यारो पर्ने शब्द बोल्न लगाएर जिस्किने बानी थियो हाम्रो। ‘ए डिले ! ‘तीन टिन तेल’ भन त। ‘वातावरण’ भन त।’ हामी जिस्क्याई रहन्थ्यौँ। एकदम निर्दोष शैलीमा ऊ ‘टिन टिन टेल’ र ‘बाटाबरन’ भन्थ्यो। अरु जनजाती ...