Friday, May 17
Shadow

नयाँ नोट साट्न ४ बजेबाटै लाइनमा


  • -इ
  • इ+

मकवानपुर  । दसैंका लागि नयाँ नोट साट्न हेटौंडामा बिहान ४ बजेबाट सर्वसाधारण लाइनमा बसेका छन् । हेटौंडा–४ स्थित बैंक रोडमा अवस्थित नेपाल बैंक लिमिटेडमा नोट साट्ने सर्वसाधारणको घुइँचो नै लागेको छ ।

बैंकले आजबाट नयाँ नोट साट्ने भएपछि उनीहरु लाइनमा बसेका हुन् । हेटौंडा–११, थानाभर्‍याङका देवप्रसाद तिमल्सिना सुरुमै नयाँ नोट साट्ने भनेर बिहानैबाट लाइनमा बसेको बताए । ७० वर्षीया तिमल्सिनाले प्रत्येक वर्ष यसैगरी नयाँ नोट साट्ने गरेको बताए ।

हेटौंडा–१७, हटियाकी २२ वर्षीया सिर्जना थापा बिहान ५ बजेबाटै नयाँ नोट साट्न लाइनमा बसेकी छन् । उनी एक सय रुपैयाँ भाडा तिरेर अटोमा नयाँ नोट साट्न बैंकमा आएकी हुन् । ‘चिया पनि नखाई आएको । म आउँदा त धेरै जना लाइनमा बसिसक्नु भएको रहेछ,’ उनले भनिन् । नयाँ नोट नभएसम्म चाडपर्व आएको महसुस नहुने उनले बताइन् ।

बैंकहरुले आजबाट नयाँ नोट साट्ने जनाएको छ । गत वर्षजस्तै यो वर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही गर्न पाउने बैंकले जनाएको छ । यो ५ देखि १ सय रुपैयाँसम्मको एक–एकवटा बन्डल हो । बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणलाई आजबाट नयाँ नोट सटही सुविधा दिने जनाएको छ । विशेषगरी दसैं, तिहार र छठका लागि सर्वसाधारणबाट नयाँ नोटको माग हुने गरेको समाचारकाे कान्तिपुरमा सुवास विडारीले लेखका छन् ।

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्