Wednesday, May 1
Shadow

अमेरिकी सहायक विदेश मन्त्री ट्रुडो भोलि नेपाल आउँदै


  • -इ
  • इ+

काठमाडौँ- अमेरिकी सहायक विदेश मन्त्री एलिजावेथ केनेडी ट्रुडो बुधबार नेपाल आउँदै छिन्।

अमेरिकी विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै उनको नेपाल भ्रमण हुन लागेको जनाएको हो।

उनले अमेरिकी सरकारको तर्फबाट विश्वव्यापी सार्वजनिक मामिला हेर्दै आएकी छन्। नेपालमा रहँदा मन्त्री ट्रुडोले सरकारी अधिकारी, नागरिक समाज, विदेशी मिडिया आउटलेटहरू, प्रेस, पत्रकार र कूटनीतिज्ञसँग भेट गर्नेछन्। उनले अल्पसंख्यक समुदायका अगुवा, अमेरिका गएर फर्किएका ‘आल्मोनाई’हरुसँग समेत अन्तरक्रिया गर्ने बताइएको छ।

ट्रुडोले काठमाडौँमा रहँदा मिथ्या समाचार र सञ्चारमाध्यमको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रममा समेत सहभागी हुने छिन्।

उनले नेपालसँगै उज्बेकिस्तान, युएई र काजकिस्तानको समेत भ्रमण गर्ने छिन्। उनी १२ दिनको भ्रमणमा निस्किएकी हुन्। भ्रमणका क्रममा उनले रसिया र चीनले अमेरिकाविरुद्ध फैलाएका मिथ्या समाचारका रोकथामबारे विभिन्न विषयमा अन्तर्क्रिया गर्ने विदेश मन्त्रालयले जनाएको छ।

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्