Friday, May 10
Shadow

पाल्पाका २९ मतदान स्थल अति संवेदनशील


  • -इ
  • इ+

रेखीराम राना
पाल्पा  । जिल्ला सुरक्षा समितिले पाल्पाका २९ वटा मतदान स्थललाई सुरक्षा संवेदनशील सूचीमा राखेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले मतदान केन्द्रको वर्गीकरण गरेको हो ।

निर्वाचनका लागि पाल्पामा कुल ११८ मतदान केन्द्र र २४६ मतदानस्थल कायम गरिएको छ । समितिले जिल्लाभरका २९ वटा मतदानस्थल सुरक्षाका दृष्टिले अतिसंवेदनशील सूचीमा राखेको छ ।

त्यस्तै, ५० वटालाई संवेदनशील र ३९ वटालाई सामान्यमा राखेको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताउनुभयो । भौगोलिक विकटता, मतदाताको अवस्था र मतदान केन्द्रको दूरी, सुरक्षा केन्द्रसम्मको पहुँचलाई ध्यानमा राखेर मतदान केन्द्रको वर्गीकरण गरिएको प्रजिअ पन्तले जानकारी दिनुभयो ।

निस्दी, माथागढी, रैनादेवीछहरा, तिनाउ, रामपुर नगरपालिकाका स्थानमा रहेका मतदान केन्द्र अति संवेदनशील छन् । नगरभित्रकै पनि कतिपय स्थानमा रहेका मतदान केन्द्र सुरक्षाका दृष्टिले संवेदनशील सूचीमा राखिएको सुरक्षा समितिले जनाएको छ ।

यसअघिको स्थानीय तहको निर्वाचनमा स्थलगत अनुगमनका क्रममा प्राप्त भएका सुझावलाई ध्यान दिएर मतदान स्थलको समेत परिवर्तन गरिएको छ । केही मतदान स्थल साँघुरो भएको र केही स्थानमा मतदातालाई अप्ठेरो भएकाले त्यसलाई समेत ध्यानमा राखेर काम गरिएको छ ।

तानसेनमा दुई मतदान केन्द्र थपिएको छ भने रैनादेवी छहरा, रामपुर, निस्दीमा एक एक केन्द्र घटाइएको छ । माथागढीमा एक घटाएर अर्को एक बढाइएको जिल्ला निर्वाचन कार्यालय पाल्पाका निर्वाचन अधिकारी रुक्माङ्गत अर्यालले जानकारी दिनुभयो । गाेरखापत्र

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्