Friday, May 17
Shadow

भारतमा शल्यक्रियाबाट ५.५ इन्च लामो स्टिलको गिलास निकाल्न सफल


  • -इ
  • इ+

एजेन्सी । पेट दुखाई निकै सामान्य समस्या हो । कहिलेकाँही गलत खानपिनका कारण पेट दुख्छ । कतिले पेट दुख्दा औषधी खान्छन् भने धेरै नै समस्या भएपछि अस्पताल जान्छन् । हालै भारतमा एउटा घटना सार्वजनिक भएको छ । एक युवक पेट दुखेको समस्या लिएर डाक्टरलाई भेट्न गएका थिए, डाक्टर उनको रिपोर्ट हेरेर चकित भए । डाक्टरले उनको स्वास्थ्य परीक्षण गर्दा पेटमा एउटा स्टीलको गिलास फसेको भेटे ।

के हो पूरा घटना ?

रिपोर्टका अनुसार यो घटना भारतको बिहारस्थित बेतियाको हो । २२ वर्षका एक युवकलाई केही दिन अघि असाध्यै पेट दुख्यो र मलद्वारबाट रगत बग्न थाल्यो । घटनाको गम्भीरता हेर्दै उनलाई तुरुन्त पटना मेडिकल कलेज अस्पताल लगियो । परीक्षण गर्दा उनको पेटमा १४ सेन्टिमिटर लामो गिलास फसेको डाक्टरलाई थाहा भयो । त्यो शरीर भित्र फसेको थियो त्यसैले उनको मलद्वारबाट रगत बग्न थालेको थियो ।

साढे दुई घण्टा चल्यो शल्यक्रिया

शल्यक्रियालाई नेतृत्व गर्ने डा. चन्द्र शेखर कुमारले दिएको जानकारी अनुसार यो शल्यक्रियालाई ११ डाक्टरको समूहले गरेको र सफलतापूर्वक स्टिलको गिलासलाई शरीर बाहिर निकालियो । यी युवकको शरीरबाट गिलास निकाल्नका लागि कोलोस्टमी गरियो । यो एउटा यस्तो शल्यक्रिया हो जसमा आन्द्रामा एउटा प्वाल पारिन्छ र एउटा ब्याग फिट गरिन्छ । यसो गरे घाउ छिटो निको हुन्छ ।

भारतीय सञ्चार माध्यमका अनुसार उनलाई केही दिन पछि डिस्चार्ज गरिनेछ र जनवरीमा उनको कोलोस्टोमीलाई निकालिनेछ । डाक्टरले दाबी गरे अनुसार ती युवक नशामा भएका बेला उनको शरीरभित्र यो स्टिलको गिलास पसेको हुनुपर्छ । उनलाई घटना कसरी भयो केही थाहा छैन ।

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्