Tuesday, May 14
Shadow

इसेवा प्रालिको प्रमुख कार्यकारी अधिकृतमा जगदीश खड्का नियुक्त


  • -इ
  • इ+

काठमाडौं ।  इसेवा प्रालिको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा जगदीश खड्का नियुक्त भएका छन् । चाटर्ड एकाउन्टेन्ट खड्कालाई इसेवाको सञ्चालनक समितिले सीइओका रुपमा नियुक्त गरेको हो ।

नवनियुक्त सीइओ खड्कालाई इसेवाका अध्यक्ष परशुराम कुवँर क्षेत्रीले पद तथा गोपनीयताको सपथ खुवाएका छन् भने उनले खड्काले बुधबार नै आफ्नो कार्यभार सम्हालेका छन् ।

खड्कासँग बिजनेस अपरेसन म्यानेजमेन्ट, फाइनान्सियल प्लानिङ एन्ड म्यानेजमेन्ट, भेन्चर्स बिल्डिङमा १२ वर्षभन्दा धेरै समयको अनुभव छ । उनी यसअघि एफवानसफ्ट गु्रपअन्तर्गतको फोनपे पेमेन्ट सर्भिसमा डाइरेक्टरका रुपमा समेत आबद्ध थिए ।

कार्यभार सम्हाल्दै नवनियुक्त सीईओ खड्काले भने, ‘डिजिटल भुक्तानीको क्षेत्रलाई अगाडि बढाउन इसेवाले नेतृत्वदायी भूमिका निभाउँदै आएको छ । डिजिटल भुक्तानीको क्षेत्रमा पायोनियर मानिएको इसेवामा आबद्ध हुन पाउँदा म निकै नै खुसी छ । मैले इसेवाका सेवालाई अझ विस्तार गरी आममानिसको दैनिक जनजीवन सहज बनाउनका लागि भूमिका खेल्नेछु र कम्पनीलाई अझ सशक्त बनाउँदै अगाडि बढ्नेछु ।’

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्