Thursday, May 2
Shadow

एक महिनामा पाँच सहकारी सहित ९ हजारबढि व्यक्ति तथा कम्पनी कालोसूचीमा


  • -इ
  • इ+

काठमाडौं- चालु आर्थिक वर्षको असोज महिनामा पाँच सहकारी सहित ९ हजार भन्दाबढि व्यक्ति तथा कम्पनी कालोसूचीमा परेका छन् । समयमा कर्जा तिर्न नसकेपछि कर्जा सूचना केन्द्रले सहकारी सहित ९ हजार ८२१ व्यक्ति तथा  कम्पनीहरुलाई कालो सुचीमा राखेको हो ।

केन्द्रका अनुसार कालोसुचीमा पर्ने कम्पनीहरुमा होटल तथा रेष्टुरेन्ट देखी हस्पिटल र सहकारीसम्म रहेका छन् । यस अवधिमा कालोसूचीमा परेका सहकारीहरुमा जनसेवा बचत तथा ऋण सहकारी संस्था, नमस्ते शुभ सेभिङ एण्ड क्रेडिट र त्रिरत्न बहुउद्देश्यीय सहकारी संस्था, एकता बुद्ध सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ र मेगा ड्रिम बहुउद्देश्यीय को–अपरेटिभ रहेका छन् ।

जनसेवा बचत तथा ऋण सहकारी संस्थालाई केन्द्रले सोमबार कालोसूचीमा राखेको हो । उक्त सहकारी संस्थाका सञ्चालकहरुमा अशोक कुमार बस्नेत, मिन बहादुर आले र मोतिलाल लामा रहेका छन् । यससँगै केन्द्रले त्रिरत्न बहुउद्देश्यीय सहकारी संस्थालाई असोज २६ गते कालोसूचीमा राखेको छ । जसका सञ्चालकहरुमा हिमाल कट्टेल र प्रदिप ढकाल रहेका छन् ।

त्यस्तै, नमस्ते शुभ सेभिङ एण्ड क्रेडिट सहकारी संस्थालाई केन्द्रले असोज १२ गते कालोसूचीमा राखको हो । उक्त सहकारीका सञ्चालकहरुमा दिपक शाक्य, ज्ञान बहादुर महर्जन र उदयलाल प्रधान रहेका छन् । एकता बुद्ध सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका सञ्चालकहरुमा विष्णु कुमार शर्मा, रामकुमार श्रेष्ठ र सोमलाल श्रेष्ठ रहेका छन् । त्यस्तै, मेगा ड्रिम बहुउद्देश्यीय को–अपरेटिभका सञ्चालहरुमा दामोदर शर्मा, सुजता श्रेष्ठ र उमाकान्त न्यौपाने रहेका छन् ।

केन्द्रका अनुसार यस अवधिमा एसआइडी गामेन्ट उद्योग, बिग स्काई कन्ट्रक्शन प्रालि, ¥याडिसन फेमिली रेष्टुरेन्ट एण्ड पार्टी प्यालेस, आइडिया होम सोलुसन एण्ड इन्टेयरयर प्रालि, हिमाल एग्रो हर्बल एण्ड अर्गाानिक फार्मिङ र मंगल मुर्ती ज्वेलर्स प्रालि कालोसूचीमा परेका हुन् ।

त्यस्तै, ग्लजासियर इन्टरनेशनल स्कुल एण्ड कलेज, प्रकाश प्रविण होटल एण्ड लज, जेब्रा कन्ट्रक्शन कम्पनी, मेगा ग्रुप मिडिया सर्भिस सेन्टर, युनिक गिफ्ट सेन्टर एण्ड इलेक्ट्रिोनिक्स, माछापुच्छ्रे वर्कशप एण्ड रिकन्डिसन हाउस, टुभेल टावर टेक्निशियन ग्रुप पनि यस अवधिमा कालोसूचीमा परेको केन्द्रको तथ्यांकमा उल्लेख छ ।

केन्द्रका अनुसार कालोसुचीमा परेका कम्पनीहरुमा गौरीशंकर इन्टरनेशनल होटल, नारायणी बराह ज्वेलरी इन्डष्ट्रिज, वान वल्र्ड एण्ड सिभिल सर्भिस प्रालि, कमलनयन प्लाष्टिक उद्योग, सिरज बेड एण्ड ब्रेकफास्ट होटल र नुवाकोट क्रसर उद्योग रहेका छन् ।

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्