Friday, May 17
Shadow

अवैध लागूऔषध सहित पक्राउ


  • -इ
  • इ+

काठमाडौं ।  बाँके, बैजनाथ गाउँपालिका-४ बोडिङ बस्ती मध्यवर्ती सामुदायिक बन जंगलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय २० मिलिग्राम सहित सोही गाउँपालिका-४ बस्ने १९ वर्षीय निम बहादुर बिकलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुर, बेलौरी नगरपालिका-६ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ५४ ग्राम सहित बैतडी पाटन नगरपालिका-६ बस्ने २७ वर्षीय गजेन्द्र चन्द समेत ३ जनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले पचुईबाट बेलौरीतर्फ आउँदै गरेको सु.प.प्र.०१-००१ ज १२८२ नम्बरको जीपलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी जीप चालक चन्द र जीपमा सवार अन्य २ जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्