Thursday, May 2
Shadow

पर्सागढीमा सालको गोलिया काठसहित दुई पक्राउ


  • -इ
  • इ+

वीरगञ्ज । प्रहरीले सालको गोलिया काठसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले पर्सागढी नगरपालिका–९ तेलिया बस्ने २८ वर्षीय अंगद चौधरी र २५ वर्षीय सन्तोष पासवानलाई पक्राउ गरेको हो । बिहीबार साँझ ईलाका प्रहरी कार्यालय एकटाँगाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई काठ सहित पक्राउ गरेको थियो । चौधरीले चलाएको बा ११ प ५००८ नम्बरको मोटरसाईकलको बीचमा काठ राखेर पासपान पछाडी बसेका थिए । ३.५ फिट लम्बाई, ३.५ फिट मोटाई भएको सालको गोलिया काठ चोरी तस्करी गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । उनीहरुलाई आवश्यक कानुनी कारवाहीका लागि शुक्रबार मनवा सव–डिभिजन वन कार्यालय सखुवनियामा बुझाईएको प्रहरीले जनाएको छ ।

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्