Thursday, April 25
Shadow

फेरि बढ्यो खानेतेलको मूल्य


  • -इ
  • इ+

काठमाडौं। रुस–युक्रेन तनावका कारण लगातार बढिरहेको खानेतेलको मूल्य दशैंतिहार शुरू भएसँगै केही घटे पनि अहिले आएर बढ्न थालेको छ ।

तिहारयता खानेतेलको मूल्य प्रतिलिटर ५० रुपैयाँसम्मले बढिसकेको पाइएको छ ।  हरेक ब्रान्डको खानेतेलको खुद्रा मूल्य तिहारयता लिटरमा २० देखि ५० रुपैयाँसम्म बढेको खुद्रा व्यापार संघले बताएको छ । दशैंको बेला प्रतिलिटर २ सय ४० रुपैयाँमा पाइने सोयाबिन तेललाई अहिले २ सय ८० रुपैयाँसम्म पर्न थालेको छ । ३ सय २० रुपैयाँ लिटरको तोरीको तेल अहिले ३ सय ४० रुपैयाँसम्म पुगेको छ ।  त्यसैगरी २ सय ५० रुपैयाँ लिटर पर्ने सनफ्लावर तेलको मूल्य हाल ३ सय रुपैयाँसम्म पुगेको छ । केही समय तेलको मूल्य अझै बढ्न सक्ने उद्योगी बताउँछन् । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्