काठमाडौं । माता मनकामनाको शक्तिशाली दियो बाल्ने दिपप्रज्वलन कार्य गत बर्ष २०७८ जेष्ठ ०२ गतेदेखि निरन्तरताका लागि ऊँ माता मनकामना जेन्नि ट्रस्टले सम्पूर्ण भक्तजनलाई अनुरोध गरेका छन् ।
माता मनकामनाले उहाँको भक्त शोभाभगवती मन्दिर परिसर चःमति, का.म.पा.१५ वडा निवासी माता जेनि श्रेष्ठलाई सपनामा दिएको आदेश बमोजिम उहाँले आफ्नो ज्यान जोखिम मोलेर दिनरात नभनि निरन्तर रुपमा विश्व शान्ति कामना गरी दिप बाल्दै आइरहनु भएको छ । जव मनकामना माताले सपनामा साक्षात रुपमा दर्शन दिएर विश्व लगायत नेपालमा सुखशान्ति तथा समृद्धि बढाउनका लागि दिप प्रज्वलन गर्नु पर्ने जनाएपछि सो कार्यमा आफुहरूले निरन्तता जारी राखेको जनाइन् । जसबाट देशमा अकल्पनीय दुर्घटना कम हुने, कुनै पनि महामारी जस्तैः बाढिपहिरो, भुकम्प, बिश्वब्यापी कोरोना महामारी, चट्याङ आदि कम भएर सम्पूर्ण जगत प्राणिको कल्याण हुने बिश्वास समेत रहेको जनाइन् ।
माता जेनि श्रेष्ठका अनुसार “मनको इच्छा पूरा गर्ने साक्षा देवि श्री मनकामना माईको आदेश बमोजिम मैले यो शक्तिशाली दियो चौबीसै घन्टा निरन्तर बाल्दै आएको हुँ दियो एकदमै ठूलो छ र तेल पनि निकै लाग्छ। सुरु सुरुमा मलाई धेरै कष्ट भयो दियो बाल्नलाई, खर्च नि धान्न गार्हो भयो।
केही समय पछि भक्तजनहरुले थोरै थोरै सहयोग गरेको हुँदा अलि सहज भयो भने अहिले आर्थिकले एकदमै समस्याग्रस्त रहेको छ । सो बालिरहेको दियो निभ्यो भने आफ्नो ज्यान समेत जाने भएकाले देशमा ठूलो अनिष्ठ हुन्छ माता मनकामना बताएकाले दियो निभ्छ कि भन्ने डरले म रातभर निदाउन नसकेको जनाउँदै कुनै स्वार्थवस दियो बालेको नभइ सम्पूर्ण मानव जगतको कल्याणका साथै देशमा सुखशान्ति, समृद्धिका लागि बलेको जनाइन् ।
सम्पूर्ण जगत प्राणीको कल्याण होस् भनेर दियो बाल्दै आएकाले दियो मेरो मात्र नभएर सम्पुर्ण नेपालीहरुकै हितका लागि भएकाले सबैले आत्महृदयदेखि साथ सहयोगको अपेक्षा राखेको धारणा राखिन् । साे अभियानमा जोडिन हार्दिक समेत अनुरोध गरेका छन् । थप जानकारीका लागी मनकामना माता फाेन नम्बर 9886195695, 9841506068
विश्व शान्ति कामना गरी दिप प्रज्वलन अभियान सहयाेग गर्न अनुराेध
- -इ
- इ
- इ+
यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’ [Email : [email protected]]
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
जेम्सले मनायो लुम्बिनी प्रदेश स्थापना दिवस
by Naulo Dristi
पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि
by Naulo Dristi
सातगाउँले अन्तर्गत कीर्तिपुरकाे इन्द्रायणी जात्रा सम्पन्न
by Naulo Dristi
एभरेष्ट मेनले उक्त अवार्ड हात पार्न सफल
by Naulo Dristi
जनप्रतिनिधि चुनेपछि कामको खोजीमा भारत
by Naulo Dristi
कीर्तिपुरमा सुगम संगीत कार्यक्रम हुने
by Naulo Dristi