Friday, May 17
Shadow

मतदाताको न्यानो माया छत्रेटोपीकाआक्रोशले पाए


  • -इ
  • इ+

काठमाडाैं । आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेश र प्रतिनिधिसभा निर्वाचन जति नजिकिदै छ त्यति नै दल तथा स्वतन्त्र उम्मेदवार, नेता, कार्यकर्ताहरुको दौडधुप बढ्दो छ । गठबन्धन दललाई केही स्थानमा वागी उम्मेदवार घांडो भएका छन् भने केही स्थानमा स्वतन्त्र उम्मेदवार तगारो बनेर लेसिएका छन्। एमाले, राप्रपा, मधेशीलगायत दललाई पनि स्वतन्त्रको भय त छँदैछ, ठाउँअनुसार विभिन्न दलसंग भएको अपवित्र सांगठांठका कारण आफ्नै गठबन्धनबाट मत पाउनेमा शंका छ । चुनावी सरगर्मी बढेसँगै स्वतन्त्र उम्मेदवारले भने धेरै स्थानमा बाजी मार्ने वातावरण बन्दै गएको छ ।

यही मेसोमा काठमाडौं क्षेत्र नं ७ का प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार हेमबहादुर ढुंगेल (आक्रोश) ले चुनावी प्रचारप्रसालाई तीव्रता दिनुभएको छ । आफ्नो पक्षमा माहोल बढ्दै गएपछि उहाँ घरदैलो अभियानमा थप सक्रिय बन्नुभएको हो । यही क्रममा ढुंगेलले क्षेत्र नं. ७ अन्तर्गत क्षेत्रपाटी, ठमेल, बालाजु, नयाँबजार, सोह्रखुट्टे, म्हैपी, टौडोल, माछापोखरी, वनस्थली, ढल्को, धोबीचौर, टैंटी, नरदेवी, भुरूडखेल, ढोकाटोल, मच्छिन्द्रटोल, न्यौसा, पुरानो गुह्येश्वरी, भैरवधान, गोलढुङ्गा, रानीवन, ठूलो भन्याङ, इचंगु, गैरीगाउँ, तीनपिप्ले, जीतपुरफेदी लोलाङ, पाँचमाने, धितालचोक, डाँडागाउँ, दुगुने पानी, शेषमतिपुललगायतका बस्तिमा पुगेर मतदाताको साथ माग्नुभएको छ । चुनाव चिन्ह ‘छत्रेटोपी’ लिएर मैदानमा उत्रिनुभएका उहाँप्रति मतदाताको पनि न्यानो माया रहेको पाइएको छ ।

तिहारलगत्तै घरदैलो अभियानमा जुट्नुभएका ढुंगेल निर्वाचन आचारसंहिताअनुरुप कात्तिक १७ गतेबाट मंसिर १ गतेसम्म प्रचारप्रसार गर्न पाइने भएपछि निकै व्यस्त हुनुहन्छ। काठमाडौं ७ मा राम्रो प्रभाव जमाउदै गएपछि अहिले ठूला राजनीतिक दलका लागि उहाँ नै मुख्य चुनौती बन्नुभएको छ। मूलधारका दलले निराशाजनक कार्यसम्पादन गरेको भन्दै उहाँ सुविधासम्पन्न अस्पताल निर्माण गर्ने, क्षेत्रभरि शुद्ध खानेपानी पुयाउने, सबै क्षेत्रवासीलाई गुणस्तर एवं सीपमूलक शिक्षा प्रदान गर्ने तथा भ्रष्टाचाररहित समाज निर्माण गर्ने लगायतका प्रतिबद्धता लिएर मतदाताको घरदैलोमा पुग्नुभएको हो । उद्यमशीलता र रोजगारी दिने सामाजिक सुरक्षा भत्ता घर घरमा पुयाउने, सो क्षेत्रभर फोरजी सहितको टेलिफोन नेटवर्क र २४ सै घण्टा विद्युत् आपूर्ति व्यवस्था मिलाउने, शिक्षा स्वास्थ्यको क्षेत्रमा विशेष पहल गर्नेलगायत १० वटै वडामा सुरू भएका महत्वपूर्ण योजना अझै पनि केही अपूरा रहेकाले तिनलाई पूर्णता दिने आफ्नो लक्ष्य रहेको ढुंगेल बताउनुहुन्छ ।

‘हाम्रो देशमा जबसम्म सत्तामोहको राजनीति चलिरहन्छतबसम्म विभिन्न विकराल किसिमका समस्या जिउँका तिउँ रहिरहन्छ, विकास र समृद्धिमा लगानी गर्नुपर्ने रकम नेताको गोजीमा गइरहन्छ’ ढुंगेल भन्नुहुन्छ मलाई जिताएमा यस्ता किसिमका समस्याको निराकरण गर्न नसकेको खण्डमा म जुनसुकै सजायँ र दण्ड भोग्न तयार छु।’ देश विकास गर्न पहिला राजनीतिक फोहोर सफा गर्नुपर्ने तर्क पनि उहाँको छ । काठमाडौको ७ नं निर्वाचन क्षेत्रमा १६ स्वतन्त्र र १३ दलका गरी २९ जनाको उम्मेदवारी परेको छ। ‘अबको आशा, युवाको भरोसा’ आफ्नो नारा

रहेको ढुंगेल बताउनुहुन्छ । आसन्न निर्वाचनमा ७ नं क्षेत्रकै केही स्वतन्त्र उम्मेदवारले समेत आफूलाई साथ दिने प्रतिज्ञा गरेको उहाँको दावी छ ।

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्