Friday, December 20
Shadow

दादुरा फैलिने खतरा


  • -इ
  • इ+

न्युयोर्क । कोभिड–१९ को महामारीको कारणले गर्दा विश्वले अहिले अन्तर्राष्ट्रिय रूपमा धेरै स्थानहरूमा दादुरा फैलिने खतराको सामना गरिरहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र अमेरिकी स्वास्थ्य एजेन्सी, रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी)ले बुधवार चेतावनी दिएका छन् । दुई संस्थाहरूद्वारा जारी गरिएको संयुक्त प्रतिवेदनअनुसार सन् २०२१ मा ४ करोड बालबालिकाले दादुराको खोपबाट बन्चित भए ।  यसले कोभिड–१९ महामारीले सिर्जना गरेको बाधाहरूलाई सहयोग गरेको छ ।

रोयटर्ससँग कुरा गर्दै विश्व स्वास्थ्य संगठनका दादुरा प्रमुख प्याट्रिक ओ कनरले विगतका वर्षहरूको तुलनामा दादुराका बिरामीको संख्या  नाटकीय रूपमा नबढेको तर अब काम गर्ने समय आएको बताए ।  ‘हामी एउटा क्रसरोडमा छौं’ उनले टिप्पणी गरे । आगामी १२–२४ महिना धेरै चुनौतीपूर्ण हुनेछन् किनकि विश्वले दादुराको अवस्थालाई न्यून गर्ने प्रयास गरिरहेको छ।

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्