Thursday, May 2
Shadow

सहकारी सफ्टवर बिक्री वितरणको सम्झौता


  • -इ
  • इ+

दोलखा । सहकारी संस्थाहरुका लागि कोर बैंकिङ एभरेष्ट सफ्टवेर अब दोलखामा सञ्चालनका लागि सम्झौता भएको छ । विगत १० वर्षदेखि प्लानेट अर्थ सोलुसनले देशभरका ४ सयभन्दा बढी सहकारीलाई अत्याधुनिक वेव बेष्ट प्रविधियुक्त कोर बैंकिङ सिस्टमका लागि दोलखाका लागि सजिलो कम्प्युटर सेन्टरसँग सम्झौता भएको छ ।

एभरेष्ट सफ्टवेरका कन्सेप्ट डेभलपर आइटी बिज्ञ चिरञ्जीवि अधिकारी र सजिलो कम्प्युटर सेन्टरका प्रबन्ध निर्देशक सिताराम दाहाल बीच चरिकोटमा सम्झौता भएको हो । अब सहकारीका अत्याधुनिक सफ्टवेरको काम चरिकोटबाटै हुने भएको छ ।
कम्पनीले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, अनलाइन नयाँ खाता खोल्ने र सदस्य पहिचान फाराम अपलोड गर्न सकिने, ट्याबलेट बैंकिङ, लोन अटोमेशशन र अन्य धेरै सेवा सुविधाहरु रहेको आइटी विज्ञ अधिकारीले जानकारी दिए ।

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्