काठमाडाैं । कीर्तिमानी आरोही कामीरिता शेर्पाबारेको साहसलाई समेटिएको वित्त चित्रले उत्कृष्ट वित्त चित्रको अवार्ड पाएको छ। काजकिस्तानमा सम्पन्न वस्ताव चलचित्र महोत्सवमा एभरेष्ट मेनले उक्त अवार्ड हात पार्न सफल भएकाे हाे ।
चलचित्र निर्देशक विनोद अधिकारीले अवार्ड दिएकोमा निर्णायक मण्डलप्रति कृतज्ञता व्यक्त गरेका छन्। ‘यो अवार्डप्रति निर्णायक मण्डलप्रति म कृतज्ञ छु। निर्माणमा सहयोग गर्ने कामी रिता शेर्पाप्रति विशेष आभार व्यक्त गर्दछु,’ अधिकारीले भनेका छन्।
यस वित्तचित्र पर्वतारोहणका सकस र जलवायु परिवर्तनका कारण हिमालमा देखापरेका असरबारे केन्द्रित छ। यस वित्तचित्रबाट हिमालको सौन्दर्य संरक्षणमा शेर्पा समुदायको भूमिका, शेर्पा समुदायबारे वृहत जानकारी र जलवायु परिवर्तनका असरबाट हिमाललाई बचाउन निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी पाइने निर्देशक अधिकारीले जनाए।
कोरोनाकालपछिको नेपाली पर्यटन उद्योग पुनरूत्थानमा वित्त चित्र सहयोगी बन्न सक्ने विश्वास निर्देशक अधिकारीको छ।