Friday, May 17
Shadow

दिल्लीमा भाेलि प्राथमिक तहका विद्यालय बन्द


  • -इ
  • इ+

एजेन्सी । हावामा प्रदूषण बढेपछि भारतको केन्द्रीय राजधानी दिल्लीमा भाेलि शनिवार प्राथमिक तहका विद्यालय बन्द गरिएको छ ।

हावाको प्रदूषण मानव स्वास्थ्यका लागि खतरनाक अवस्थामा पुगेपछि भोलि शनिवार कक्षा पाँचसम्मका विद्यालय बन्द गरिएको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै कक्षा पाँचभन्दा माथिको कक्षाका लागि बाहिरी क्रियाकलापमा प्रतिबन्ध लगाइएको छ ।

मुख्यमन्त्री केजरीवालले पत्रकार सम्मेलन गरेर भोलि प्राथमिक तहका विद्यालय बन्द गर्ने र गाडीमा जोर–बिजोर प्रणाली लागू गर्नेबारे तयारी गरिरहेको बताउनुभयो ।   अहिले दिल्लीको वायु प्रदूषण निकै खराब अबस्थामा पुगेको छ । दिल्लीसँगै पञ्जाब, हरियाणा, यूपी लगायत उत्तर भारतको हावाको स्थिति खराब रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्