Monday, May 13
Shadow

मेडिकल कलेजहरुले चर्को शुल्क माग गरेपछि विद्यार्थीहरु विरोधमा उत्रिए


  • -इ
  • इ+

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत सम्बन्धन प्राप्त मेडिकल कलेजहरुले स्नातकोत्तर तहका अन्तिम वर्षका विद्यार्थीसँग परीक्षा शुल्कका नाममा चर्को शुल्क माग गरेपछि विद्यार्थीहरु विरोधमा उत्रेका छन्।

स्नातकोत्तर तह (एमडी/एमएस)का अन्तिम वर्षको पुरक परीक्षा दिने विद्यार्थीसँग कलेजहरुले परीक्षा शुल्कका नाममा एक लाख १५ हजार रुपैयाँसम्म शुल्क माग गरेपछि विद्यार्थीहरु न्यायको माग गर्दै आइओएम र चिकित्सा शिक्षा आयोगमा पुगेका हुन्। सन् २०१९ ब्याचका विद्यार्थीहरुले संयुक्त रुपमा शुल्कको विरोध गर्दै दुवै निकायमा ज्ञापन पत्र बुझाएका हुन्।

आइओएमले गत वर्ष परीक्षा शुल्क भनेर तीन हजार तोकेको छ। त्यसयता आइओएमले नयाँ शुल्क तोकेको छैन। तर कलेजहरुले भने परीक्षा शुल्कका नाममा १ लाख १५ हजार मागेपछि विद्यार्थीहरुले विरोध गरेका हुन्।

‘आइओएम डीनको कार्यालयले २०७८ कात्तिक १४ गते एमडी/एमएसमा परीक्षा शुल्क रु तीन हजार नै हुने गरी तोकेको थियो र त्यसपश्चात शुल्कबृद्धि सम्बन्धी कुनै आधिकारिक सूचना आएको छैन,’ विद्यार्थीले बुझाएको पत्रमा भनिएको छ, ‘तसर्थ परीक्षा शुल्कका रुपमा १ लाख १५ हजार आफैंमा अवैज्ञानिक छ र विश्वविद्यालय र कलेजले कुने पनि शैक्षिक शुल्क वृद्धि गर्नु चिकित्सा शिक्षा ऐनको मर्म विपरित र उनीहरुको क्षेत्राधिकार बाहिरको कार्य हो।’

तोकिएको शुल्कभन्दा ४ सय गुणा बढी शुल्क बढाएर उठाउन खोजिएको अवैज्ञानिक शुल्कको विषयमा आयोग र आइओएमले ठोस कदम चालेर कानुन अनुसार तोकिएको शुल्क मात्र लिने वातावरण बनाउन विद्यार्थीले माग गरेका छन्।

विद्यार्थीले आयोगमा बुझाएको पत्र हेरौं

Letter modified final-1.jpgLetter modified final-2.jpg

 

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्