Wednesday, May 1
Shadow

सेवा भावले नेकपा समाजवादीमा प्रवेश गरेँ – पूर्व न्यायाधिश सिद्दिकी


  • -इ
  • इ+


(३० वर्ष वकालत पेसामा सक्रिय रही उच्च अदालतको न्यायाधीशबाट अवकास लिएका डा सलाउद्दिन अख्तर सिद्धिकी सालिन र भद्र स्वभावका व्यक्ति हुनुहुन्छ । हालै एक कार्यक्रमका बीच नेकपा समाजवादीमा प्रवेश गरेपछि उहाँको चर्चा एकाएक चुलिएको छ । नौलो दृष्टि डटकमले उहाँसँग उहाँको राजनीतिमा प्रवेश र आगामी चुनाव केन्द्रित कुराकानी गरेको छ । मुस्लिम बहुल क्षेत्र नेपालगन्जको प्रतिनिधित्व गर्ने सिद्धिकिसँग गरिएको अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।)- सम्पादक

१. न्यायमूर्तिको रुपमा काम गरिसकेको मान्छे तपाईंलाई राजनीतिमा प्रवेश गर्नैपर्ने कारण के हो ?

मैले २०३६ साल देखी ३० वर्ष वकालत गर्दा को अवस्था मा राजनीतिमा सक्रिय थिए। पिछडिएको अल्पसङ्ख्यक मुस्लिम परिवारमा जन्मेर सोही समाजमा हुर्केको हुँदा सो समाजको पीडा र पछौटेपन ले मलाई सधै घचघचाउदै आएको हुनाले २०३६ साल देखी राजनीतिक क्षेत्रमा प्रवेश गरे।

२. राजनीति भन्दा बाहिर बसेर पनि देशको सेवा गर्न सकिँदैन भन्ने तपाईंको निष्कर्ष हो?

सामाजिक र राजनीतिक सेवा दुई फरक फरक विषय हुन। गरीब र असहाय को आवाज बुलन्द गर्न राजनीतिक क्षेत्र नै उपयुक्त बाटो हो ।

निर्दलीय व्यवस्थामा पंचायती राजनीतिमा, २०४६ साल पश्चात राष्ट्रीय प्रजातन्त्र पार्टीमा प्रवेश गरी २०५५ सालमा भएको आम निर्वाचनमा बाँके जिल्लाको क्षेत्र नम्बर ३ बाट प्रतिनिधी सभाको सदस्य पदका लागि प्रत्यक्ष निर्वाचनमा राष्ट्रीय प्रजातन्त्र पार्टीको आधिकारिक उम्मेदवार भएर चुनाव लडेको हुँ। त्यस पश्चात केही समय राजनीतिबाट विश्राम लिएको थिएँ। २०६३ सालमा न्यायिक क्षेत्रमा प्रवेश गरी माननीय न्यायाधीश पदमा नियुक्त भएपछि तटस्थ भई न्यायिक जीवनकाल व्यतीत गरेको हुँ ।

३. पार्टीमा तपाईंको भूमिका अब कस्तो रहन्छ ?

न्यायिक क्षेत्रबाट अवकाश प्राप्त गरेपछि। सामाजिक क्षेत्रमा संलग्न थिएँ। अहिले पुनः राजनीतिक क्षेत्रमा प्रवेश गरी जनताको सेवा गर्नुको साथै गरीब र असहाय को आवाज बन्ने पुनः ईच्छा जागृत भएकोले राजनीतिमा प्रवेश गरेको हुँ। राजनीति मेरो लागि नौलो क्षेत्र होइन। यो मेरो राजनीतिको दोस्रो पारी हो।

राष्ट्रीय र अन्तर्राष्ट्रिय क्षेत्रमा काम गर्न मेरो ईच्छा हो। पार्टीले मेरो क्षमता र योग्यता को मूल्यांकन गरी काम तोक्नेछ भन्ने कुरामा पूर्ण विश्वस्त छु।

४. आगामी प्रतिनिधि सभामा समानुपातिक तर्फ उमेदवार बन्ने चर्चा पनि तपाईंको क्षेत्रमा चल्न थालेको छ । पार्टी अध्यक्षसँग कुनै सहमति भइसकेको छ कि ?

मैले कुनै किसिमको बार्गेनिङ गरी ने क पा ( एकीकृत समाजवादी) मा प्रवेश गरेको छैन। मेरो क्षमता, योग्यता प्रतिनिधि सभा सदस्य पदको लागि उपयुक्त हो भन्ने पार्टीलाई लागेमा पार्टीले अवश्य नै समानुपातिक कोटाबाट मलाई प्रतिनिधिसभामा प्रतिनिधित्व गराउँछ भन्ने कुरामा विश्वस्त छु।

राजनीति मेरो पेशा होइन। सेवा भावले नेकपा समाजवादीमा प्रवेश गरेको हुँ। तसर्थ पद प्राप्ती मेरो इच्छा हो, तर दावी होइन।

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्