बिहान सबेरै उठ्न तरिका !
आजकाे व्यस्त जीवनमा मानिसलाइ बिहान सबै उठेर काम गर्न समेत एउटा चुनाैतिकाे विषय बन्दै गइरहेकाे छ । हामी केटाकेटी हुँदा हान सबेरै उठ्न गाह्रो हुन्थ्यो, विशेष गरी स्कूल जानुपर्दा । तर जब हामी हुर्कँदै जान्छौँ, धेरै कुरा परिवर्तन हुन्छन् । तपाईंसँग गर्नका लागि धेरै कामहरू हुन्छन् र एउटा परिवार पनि हुन्छ । अर्थात् जिम्मेवारी धेरै हुन्छन् । यस्तो अवस्थामा फोकस कायम राख्न गाह्रो हुनसक्छ र यस्तो अवस्थामा समय व्यवस्थापन धेरै महत्त्वपूर्ण हुन्छ । बिहान सबेरै उठ्नु फाइदाजनक साबित पनि हुनसक्छ । जान्नुहोस् कसरी–
१. तपाईं बढी प्रोडक्टिभ हुनुहुनेछ
बिहानको समय कम हो–हल्ला हुन्छ । अधिकांश मानिसहरू सुतिरहेकाले कसैले हस्तक्षेप गर्दैनन् । बिहान कसैले तपाईंलाई कल गर्दैन वा टेक्स्ट गर्दैन, न त कुनै इमेल इनबक्समा आउँछन् । बिहानको समय शुद्ध ‘तपाईंको समय’ हो । कमै डिस्टर्ब हुने भएकोले, तपाईं स्वतः बढी प्रो...