Friday, May 17
Shadow

स्थानिय तह

वाइज कोरियन भाषा सेन्टरले गर्यो विद्यार्थीहरुलाई सम्मान

वाइज कोरियन भाषा सेन्टरले गर्यो विद्यार्थीहरुलाई सम्मान

शिक्षा, स्थानिय तह
घोराही, २२ भदौ । दाङको घोराहीमा रहेको वाइज कोरियन भाषा सेन्टरले एक कार्यक्रमबीच विद्यार्थीहरुलाई सम्मान गरेको छ । भाषा सेन्टरले २०२२ को इपिएस कोरियन भाषा परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुलाई बुधबार घोराहीमा सम्मान गरेको हो । वाइज कोरियन भाषा सेन्टरका संचालक तथा प्रशिक्षक सन्तोष लम्सालका अनुसार उक्त भाषा सेन्टरले लुम्बिनी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको थियो । भाषा परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान पत्र, खादा र टिका लगाएर सम्मान गरिएको थियो । उक्त कार्यक्रममा भाषा सेन्टरका संचालक तथा प्रमुख प्रशिक्षक सन्तोष लम्साल, प्रशिक्षक सुदन पौडेलले परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान पत्र वितरण गरेका थिए ।...
इन्द्रजात्रालाई विश्वव्यापीकरण गर्ने मेयर बालेनको घोषणा

इन्द्रजात्रालाई विश्वव्यापीकरण गर्ने मेयर बालेनको घोषणा

जिवनसैली, ब्यानर समाचार 2, समाज, स्थानिय तह
काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले यो वर्षदेखि इन्द्र जात्रालाई विश्वव्यापीकरण गर्न लागेको जानकारी दिएका छन्। इन्द्रजात्रा पर्व सञ्चालनका लागि जानकारी दिन बुधबार काठमाडौँ महानगरपालिकाले काठमाडौँमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मेयर शाहले इन्द्र जात्रा पर्यटकीय सम्भावनाको आकर्षक क्षेत्र रहेको र यसको गरिमालाई देशभरि नै अपनत्व गराउन तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न काठमाडौँ महानगरपालिकाले जाबा अवलोकनका लागि देशभित्र बाहिरबाट पाहुना बोलाएको जानकारी दिए। महानगरपालिका र उपत्यकाको चिनारीसँग जोडिएको इन्द्र जात्राका औपचारिक कार्यक्रमहरू सुरु भइसकेका छन्। यसको एउटा विम्ब इन्द्रजात्रा क्या पर्व हो। यसको सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक तथा सामाजिक पक्षको अन्तर घुलन अद्वितीय छ। धार्मिक सहअस्तित्व स्वीकार गरेर हिन्दु र बौद्ध धर्मावलम्बी एउटै पर्वलाई आफ्ना आफ...
दाङ उद्योग वाणिज्य संघले गर्यो प्रहरी प्रमुखको स्वागत

दाङ उद्योग वाणिज्य संघले गर्यो प्रहरी प्रमुखको स्वागत

समाचार, स्थानिय तह
दाङ, भाद्र १८ । दाङ जिल्ला उद्योग वाणिज्य संघले एक कार्यक्रमको आयोजना गरि जिल्ला प्रहरी कार्यालय दाङमा सरुवा भएर आएका प्रहरी प्रमुख बिरवहादुर वली र डिएपी राजन गौतमको स्वागत तथा परिचयात्मक कार्यक्रम गरेको छ । कार्यक्रम संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख विरवहादुर वलीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा संघ पुर्व अध्यक्ष चन्द्रराज पन्त, निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसाल, पुर्व सचिव सुन्दरगौतम, घोराही हार्डवेयर व्यवसायी समितीका अध्यक्ष दामोदर केसी लगाएतकाले भनाइ राखेका थिए । कार्यक्रममा सहभागिलाइ धन्यवाद ज्ञापन संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीले गरेको कार्यक्रमको सहजिकरण संघका महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए ।...
कपिलवस्तु ३ कांग्रेसले गर्यो उमेद्वार नाम सिफारिस

कपिलवस्तु ३ कांग्रेसले गर्यो उमेद्वार नाम सिफारिस

Uncategorized, ब्यानर समाचार, राजनिती, समाचार, स्थानिय तह
कपिलवस्तु, भाद्र १७ नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. ३ ले प्रतिनिधि सभातर्फ अभिषेकप्रताप शाहको एकल नाम सर्वसम्मत सिफारिस गरेको छ । मंगलबार क्षेत्रीय कार्यसमितिले पूर्व केन्द्रीय सदस्य शाहको नाम क्षेत्र नं. ३ बाट प्रतिनिधि सभातर्फ सर्वसम्मत सिफारिस गरेको हो । नेता शाह सो क्षेत्रबाट अहिले पनि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्छन् । उनी पटक–पटक निर्वाचित भइसकेका छन् । त्यसैगरी कांग्रेसले कपिलवस्तु क्षेत्र नं. ३ ‘क’बाट प्रदेश सभाका लागि अकिल मियाँ, जमशेद मियाँलाई सिफारिस गरेको छ । प्रदेशतर्फ ‘ख’ बाट नेता वीरेन्द्र कनौडिया सिफारिस भएका छन् । कनौडिया ‘ख’बाट एकल रुपमा सिफारिस भएका हुन्। ‘ख’बाट कनौडिया अहिले पनि प्रतिनिधित्व गर्छन् । त्यस्तै कपिलवस्तु क्षेत्र नं ३ (ख) बाट समानुपातिकमा मुस्लिम तर्फ प्रदेश सभा सदस्य मा किफाय तुल्लाह खां को नाम सहित अन्यको नाम समानुपातिक तर्फ सिफा...
पूर्व न्यायाधीश सिद्धिकी नेकपा एसमा प्रवेश

पूर्व न्यायाधीश सिद्धिकी नेकपा एसमा प्रवेश

राजनिती, स्थानिय तह
काठमाडौं, भाद्र १५। नेपालगञ्ज निवासी उच्च अदालतका पूर्व न्यायाधीश डा सलाउद्दिन अख्तर सिद्दिकीलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीमा स्वागत गरेका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गरेका सिद्धिकी सेवानिवृत्त न्यायाधीश हुन् । उनी न्यायसेवाबाट तीन वर्ष पहिले अवकाश लिए पश्चात सामाजिक संस्था द मदर फाउन्डेसन मार्फत अन्तराष्ट्रिय सम्बन्ध सुदृढीकरणका गतिविधिमा संलग्न छन् । मुसलमान बहुल क्षेत्रको प्रतिनिधित्व गर्ने सिद्दिकीको प्रवेशले पार्टीलाई थप मजबुत बनाउने विश्वास राख्दै पार्टी अध्यक्ष माधव कुमार नेपालले उनलाई उचित जिम्मेवारी दिइने आश्वाशनसमेत दिए । सोही कार्यक्रममा नेपालगन्ज निवासी डा. तबस्सुम सिद्दीकीले पनि पार्टी प्रवेश गरेकी छन् । उनी आर्कीटेक्ट विषयमा पीएच. डी. गर्ने पहिलो र एकमात्र महिला भएको समेत बताइएको छ । उनले द मदर फाउन्डेसन को...
फनपार्कमा बालेनको एक्सन, २४ घण्टाभित्र कर नतिरे सिलबन्दी गर्ने चेतावनी

फनपार्कमा बालेनको एक्सन, २४ घण्टाभित्र कर नतिरे सिलबन्दी गर्ने चेतावनी

मुख्य समाचार, स्थानिय तह
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले प्रदर्शनी मार्गमा रहेको काठमाडौँ फन पार्क प्रालिलाई कर तिर्न ताकेता गरेको छ । बुधबार महानगरको राजस्व विभागले फन पार्कलाई पत्राचार गर्दै २४ घण्टा भित्र व्यवसाय, बहाल, मनोरञ्जन र विज्ञापन कर तिर्न निर्देशन दिएको हो । तोकिएको अल्टिमेटम भित्र कर नतिरे फनपार्क सिलबन्दी गरी असुल उपर गरिने चेतावनी पनि महानगरले दिएको छ । महानगरका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीमार्फत गरिएको पत्राचारमा भनिएको छ, ‘व्यवसाय कर र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन तथा मनोरञ्जन कर महानगरको राजस्व विभागमा २४ घण्टा भित्रै बक्यौता र जरिवाना रकम तिर्न जानकारी गराइन्छ ।’ समाजकल्याण परिषद्को स्वमित्वमा रहेको उक्त क्षेत्रमा काठमाडौं फनपार्क पार्क प्रालिले भाडामा भौतिक संरचनाहरू निर्माण गरेर खेल गतिविधि सञ्चालन गर्दै आएको छ । काठमाडौँ फनपार्क नेपाली काँग्रेसका नेता एव...
एकीकृत समाजवादी वैकल्पिक कम्युनिष्ट शक्ति हो -मन्त्री चौधरी

एकीकृत समाजवादी वैकल्पिक कम्युनिष्ट शक्ति हो -मन्त्री चौधरी

राजनिती, समाचार, स्थानिय तह
भाद्र १२, दाङ । एकीकृत समाजवादीका पोलिट्व्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले एकीकृत समाजवादी पार्टीलाई जनताले वैकल्पिक कम्युनिष्ट शक्तिका रुपमा लिएकाले जनतामा स्थापित भएको बताएका छन् । एकीकृत समाजवादी दाङले सोमबार घोराहीमा आयोजना गरेको पाचौँ पूर्ण बैठकमा बोल्दै मन्त्री चौधरीले भने, ‘स्थानीय निर्वाचनबाट जनताले हाम्रो पार्टीलाई वैकल्पिक कम्युनिष्ट पार्टीका रुपमा स्वीकार गरिसकेका छन् । त्यसकारण हामी अरुभन्दा भिन्न, वैज्ञानिक चेतनाका आधारमा फराकिलो हृदयका साथ उभिन जरुरी छ । जनताको आशाको केन्द्र बन्न जरुरी छ ।’ स्थानीय चुनावबाट एमाले रेड जोनमा पुगेको र अब ऊसँग राप्रपा र सिके राउतको पार्टी बाहेक कोही पनि दल मिल्न नचाहने अवस्था सिर्जना भएको बताउँदै सहरी मन्त्री चौधरीले भने, ‘ओली नेतृत्वको एमालेले संवैधानिक सर्वाेच्चता र संसदीय प्रणाली माथि नै निरन्तर धावा बोलेकाले ऊ क्रमशः कमजो...
घाेराही नगर प्याब्सनकाे आयाेजनामा विभिन्न प्रतियोगिता सम्पन्न

घाेराही नगर प्याब्सनकाे आयाेजनामा विभिन्न प्रतियोगिता सम्पन्न

शिक्षा, साहित्य/कला, स्थानिय तह
भदाै ११, दाङ- निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) घाेराही नगर समितिकाे आयाेजनामा हाजिरी जवाफ तथा चित्रकला प्रतियोगिता शनिबार सम्पन्न भएकाे छ । दाङकाे घाेराहीस्थित जनज्याेति विद्यामन्दिरमा कक्षा ९-१० स्तरीय हाजिरीजवाफ तथा कक्षा १-५ स्तरीय चित्रकला प्रतियाेगिता सम्पन्न गरिएको हो। हाजिरीजवाफ कार्यक्रममा जनज्योति विद्यामन्दिरका प्रस्तुति गाैतम, प्रतीक जिसी र सुगम रेग्मीकाे समूह प्रथम, बात्सायन सेकेन्डरी स्कुलका पृथक ज्ञवाली, हिमाल पाण्डे र आयुषा केसीकाे समुह द्वितीय र मेचीकाली इङलिस बाेर्डिङ स्कुलका उमङ्ग चन्द, विजय वली र स्वस्तिका केसीकाे समूह तृतीय भएको प्याब्सन नगर सचिव बालकृष्ण वलिले बताए । त्यसैगरी चित्रकला प्रतियोगिता विद्यानिलकण्ठ माविका सुप्रिया चाैधरी प्रथम, ज्ञानसिन्धु माविका नवीन पुन द्वितीय र जनज्योति विद्यामन्दिरका साेफिया पुन तृतीय भएका थिए । हाजिरीजवाफ प...
दाङमा उमेदवार सिफारिस गर्नेमा नेकपा एस पहिलो

दाङमा उमेदवार सिफारिस गर्नेमा नेकपा एस पहिलो

राजनिती, समाचार, स्थानिय तह
घोराही भाद्र १०- नेकपा एकीकृत समाजवादी प्रदेश तथा प्रतिनिधि सभा क्षेत्रीय समन्वय कमिटीले दाङमा आफ्ना उमेदवार सिफारिस गरी पठाएको जानकारी प्राप्त भएको छ । पार्टीका जिल्ला कमिटी अध्यक्ष सुरामनी बेल्बासेले शुक्रबार दिएको जानकारी अनुसार १० गतेसम्म तीनवटै क्षेत्रीय कमिटीलाई उमेदवारहरुको नाम सिफारिस गर्न समयसीमा तोकिएको थियो । सोही समयसीमा भित्रै तिनबटै प्रतिनिधि सभा निर्वाचन क्षेत्र र छ वटै प्रदेश सभा निर्वाचन क्षेत्रबाट उमेदवारको नाम सिफारिस गरेको हो । कमिटीले क्षेत्र नं १ बाट शहरी बिकास मन्त्री एवम पार्टी पाेलिटव्युराे सदस्य मेटमणि चौधरी, क्षेत्र नं २ बाट पार्टी केन्द्रिय सचिब एवम संविधान सभा सदस्य भागवत बिस्वासीको नाम सर्वसम्मत सिफारिस गरेपनि क्षेत्र नं ३ बाट भने स्वाथ्य राज्य मन्त्री एवम पार्टी केन्द्रिय सदस्य हिराचन्द्र केसी र संविधान सभा सदस्य एवम पार्टी लुम्बिनी प्रदेश कमिटी उपसचिव ...
पुनर्बासको प्रबन्ध नमिलाई कसैलाई विस्थापित गर्नु हुँदैन् : हर्क साम्पाङ

पुनर्बासको प्रबन्ध नमिलाई कसैलाई विस्थापित गर्नु हुँदैन् : हर्क साम्पाङ

ब्यानर समाचार 2, स्थानिय तह
काठमाडौं- सडक मिचेर फुटपाथ व्यवसाय तथा अन्डरग्राउण्डका पसलहरु हटाउन एक्सनमा उत्रिएपछि काठमाडौंका मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमा स्याबासी पाइरहेका छन् । बालेनको एक्सनलाई लिएर धरानका मेयर हर्क साम्पाङले भने असहति जनाएका छन् । साम्पाङले सामाजिक सञ्जालमार्फत बालेनको उक्त कार्यको असहमति र साना व्यवसायीहरुप्रति माया दर्शाएका हुन् । व्यवस्थापन र पुनर्बासको प्रबन्ध नमिलाई कसैलाई विस्थापित गर्नु नुहने उनको तर्क छ । साम्पाङले लेखेका छन्,‘व्यवस्थापन र पुनर्बासको प्रबन्ध नमिलाई कसैलाई विस्थापित गर्नु हुँदैन् । सबैको बाँच्ने अधिकार हुन्छ ।’...