Tuesday, May 14
Shadow

दसैँका लागि नयाँ नोट आजदेखि बजारमा पठाइयो


  • -इ
  • इ+

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजदेखि बजारमा नयाँ नोट उपलब्ध गराएको छ ।

बैङ्कले दसैंतिहारका लागि उपलब्ध नयाँ नोट पहिलो चरणमा वाणिज्य र विकास बैङ्कहरूबाट सटही सुविधा उपलब्ध गराउन सुरु गरेको हो ।

पहिलो दिन ८ वटा वाणिज्य बैङ्कहरूलाई २० करोड रुपैयाँ बराबरको नयाँ नोट सटही सुविधा प्रदान गरिएको राष्ट्र बैङ्कका मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवती नेपालले जानकारी दिए ।

यस्तै विकास बैङ्कहरूलाई आजै राष्ट्र बैङ्कले करिब ३० करोड रुपैयाँ बराबरको नयाँ नोट उपलब्ध गराउनेछ । अन्य बैङ्क तथा वित्तीय संस्थाहरूलाई यसै गरी क्रमशः नयाँ नोट उपलब्ध गराउँदै जाने नेपालले जानकारी दिए ।

सर्वसाधारणले सिधै भने यही भदौ २९ गतेदेखि नयाँ नोट साट्न पाउनेछन् । एक पटकमा एक व्यक्तिले बढीमा १८ हजार ५०० रुपैयाँ नयाँ नोट साट्न पाउने व्यवस्था गरिए पनि दोहोर्‍याएर साट्न आउनेलाई समेत कुनै रोक तोक नहुने नेपालले बताए ।

सर्वसाधारणले नयाँ नोट सबै बैङ्क तथा वित्तीय संस्थासँगै राष्ट्र बैङ्कका सातै प्रदेशका शाखा कार्यालय तथा काउन्टरहरूबाट साट्न पाउनेछन् । यस वर्ष पनि बैङ्कले ५, १०, २०, ५० र १०० रुपैयाँका खुजुरा नोटका सुकिला नोट उपलब्ध गराउनेछ ।

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्