Thursday, May 2
Shadow

मोबाइल प्रयोगमा ध्यान गर्नुपर्छ


  • -इ
  • इ+

आजको समय मोबाइल अत्यावश्यक बनिसक्यो । तर, यसले हाम्रो जीवनमा जोखिम पनि निम्त्याएको छ । मोबाइलले उत्पादन गर्ने रेडिएसनले मानवीय स्वास्थ्यमा असर गर्छ । त्यसका लागि हामीले मोबाइलको प्रयोग सुरक्षित रूपमा गर्नुपर्ने हुन्छ ।

गोजीमा नबोक्ने
हामीमध्ये धेरैले गोजीमा मोबाइल राख्ने गरेका छौँ । तर, यो राम्रो होइन । किनकि, फोन प्रयोग नभएको वेला पनि यसले नजिकैको टावरमा कनेक्ट हुने प्रयास गरिरहेको हुन्छ । यसक्रममा रेडिएसन उत्पादन हुन्छ । जो हाम्रो स्वास्थका लागि घातक छ ।

सिरानीमुनि नराख्ने
कहिलेकाहीँ ब्याट्री तातेर वा अन्य प्राविधिक कारणले फोन पड्कन सक्छ र दुर्घटना निम्तिन सक्छ । त्यस्तै, फोन प्रयोग नहुँदा पनि फोनसेटले टावरसँग कनेक्सन खोजिरहेको हुन्छ । यसले रेडिएसन उत्पादन गर्छ र शरीरलाई असर गर्न सक्छ । त्यसैले सुत्ने समयमा सिरानीमुनि फोन राख्नुहुन्न ।

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्