Wednesday, May 15
Shadow

कलाकार रामचन्द्र अधिकारीको स्वास्थ्यमा सुधार


  • -इ
  • इ+

काठमाडाैं । लोकप्रिय हास्य कलाकार रामचन्द्र अधिकारीको स्वास्थ्यमा सुधार आएको छ । १० दिन अगाडि निमोनिया लगायतको समस्याका कारण चाबहिलस्थित मेडिकेयर अस्पतालमा उपचारका लागि भर्ना गरिएको उनको स्वास्थ्यमा राम्रो सुधार भएको अधिकारीको श्रीमती शिखा अधिकारीले जानकारी दिइन् ।

दर्शकमाझ ‘काजी साप’ उपनामले परिचित कलाकार अधिकारीलाई सुरुमा आईसियूमा भर्ना गरिएपनि अहिले क्याबिनमा राखिएको छ । ‘अहिले खाना खान थाल्नुभएको छ । स्वास्थ्यमा क्रमिक सुधार भैरहेको छ । केही दिनमा अस्पतालले डिस्चार्ज दिनेछ’ उनकी श्रीमती सिखाले भनिन् ।

६८ वर्षीय कलाकार अधिकारी सानो पर्दाका विभिन्न हास्य श्रृंखलामार्फत दर्शकमाझ लोकप्रिय छन् । थुप्रै फिल्ममा समेत अभिनय गरेका उनी ‘मेरी बास्सै’ श्रृंखलाबाट ‘काजी साप’को रुपमा देखिँदै आएका छन् । अधिकारीले थुप्रै म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् ।

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्