Friday, May 17
Shadow

‘जवान’मा शाहरुख दक्षिण भारतीय अभिनेत्री नयनतारासँग अभिनय गर्ने


  • -इ
  • इ+

मुम्बई  । शाहरुख खान पहिलो पल्ट दक्षिण भारतीय फिल्ममा काम गरिरहेका छन् । तमिल निर्देशक एटलीको निर्देशन रहेको ‘जवान’मा शाहरुख दक्षिण भारतीय अभिनेत्री नयनतारासँग काम गरिरहेका छन् । यो फिल्मको सुटिङ अझै सकिएको छैन तर रिलिज अगावै यो फिल्म विवादमा फसेको छ ।

तमिलकै निर्माता मनिकम नारायणनले ‘जवान’को कथा चोरी भएको आरोप लगाएका हुन् । उनले तमिल फिल्म निर्माता संघमा आफ्नो कथा चोरी गरेर एटलीले फिल्म बनाएको आरोप लगाएका हुन् । उनले आफूले निर्माण गरेको फिल्म ‘पेरारासु’बाट यो फिल्मको कथा चोरिएको आरोप लगाएका हुन् ।

 

सन् २००६ मा रिलिज भएको फिल्ममा विजयकान्तको दोहोरो भूमिका छ । ‘जवान’मा पनि शाहरुख खान दोहोरो भूमिका देखिने चर्चा छ । फिल्ममा विजय सेतुपती र प्रियामणीको पनि अभिनय रहेको छ । यो फिल्म आउँदो सालको जुन २ मा रिलिज हुँदैछ ।

निर्माताको दाबीलाई लिएर सोमबार तमिल निर्माता संघले सोधपुछ सुरु गर्ने भएको छ । पहिलो त फिल्मको अधिकार निर्मातासँग छ कि छैन भनेर यकिन गर्ने निर्माता संघले जनाएको छ । शाहरुख यतिबेला ‘पठान’ र ‘डंकी’ पनि काम गरिरहेका छन् । यी दुवै फिल्म पनि आउँदो वर्ष रिलिज हुने सेड्युलमा छन् ।

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्