Thursday, May 2
Shadow

सल्यान रोडमा बम जस्तो शंकास्पद वस्तु भेटिए


  • -इ
  • इ+

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिक–७ श्रीगैंस्थित सल्यान रोडमा बम जस्तो शंकास्पद वस्तु भेटिएको हो । बालुवाको बोरामा ‘खतरा’ लेखेर शंकास्पद वस्तु देखिएको छ । साथै तारहरु पनि देखिएको छ ।

उक्त वस्तुलाई अहिले नेपाली सेनाको टोलीले डिस्पोज गर्न लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजन गौतमले जानकारी दिए ।

यो ठाउँ तुलसीपुर बजारदेखि करिब २ किलोमिटर उत्तरतर्फ पर्छ । स्थानीयले विहान ७ बजेदेखेपछि प्रहरीलाई खबर गरेका थिए ।

आइतबार बिहान पनि घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत तुलसीपुर उपमहानगरपालिका-१८ विजौरी र हेमन्तपुरको सिमाना नजिकै बम भेटिएको थियो ।

उक्त बम नेपाली सेनाको टोलीले विहान साढे ९ बज डिस्पोज गरेको थियो । शनिबार पनि दाङमा दुई ठाउँमा बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको थियो ।
"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्